Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आयल निगमले भन्योः गाडी नचलाऔँ,सकभर पैदल हिडौं

आयल निगमले भन्योः गाडी नचलाऔँ,सकभर पैदल हिडौं

पत्रपत्रिका

२१, आषाढ २०७९
आयल निगमले भन्योः गाडी नचलाऔँ,सकभर पैदल हिडौं
images

काठमाडौं, २१ असार । नेपाल आयल निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक सरकारी तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली सञ्चालन गर्न अनुरोध गरेको छ । सरकारलाई नेपाल आयल निगमले बुझाएको १० बुँदे सुझावमा यस्तो उल्लेख गरिएको छ । सुझाव अनुसार देशका प्रमुख सहरहरुमा प्रत्यक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्न सुझाव दिएको छ ।

images
images

त्यसैगरी खाना पकाउने एलपी ग्यासको खपत कम गर्न विद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनको लागि विद्युतीय शुल्क कम गर्न भनेको छ ।

“विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहरहरु र राष्ट्रिय राजमार्गहरुमा निःशुल्क चार्जिङ स्टेशन निर्माण गर्ने तथा सार्वजनिक निजी पार्किङ स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निःशुल्क पार्किङस्थल तोकिदिने,” निगमको प्रस्तावमा भनिएको छ, “पेट्रोल पम्पहरुले मोटरसाइकललाई एक पटकमा पाँच लिटर र कार तथा जीपलगायतका साना सवारी साधनलाई २० लिटर मात्र इन्धन बिक्री गर्ने । छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने ।”

त्यसैगरी आयल निगमले ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारीसाधानहरु पूर्ण क्षमतामा चलाउन प्रस्ताव गरेको छ ।

“मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिटअनुरुप नै यात्रु रहने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने,”प्रस्तावमा भनिएको छ, “पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलगायतका अन्य उपकरणको आयात बन्द गर्ने ।” निगमले यो प्रस्ताव सरकारलाई बुझाएको छ । निगमको भार कम गर्न यस्तो प्रस्ताव गरिएको जनाएको छ ।

 

images
प्रकाशित मिति :आषाढ २१, २०७९ मंगलवार - ०७:२३:४८ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology