काठमाडौँ । कानुन,न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप प्रक्रियालाई सरल,सहज र कम खर्चिलो बनाउने उद्देश्यले मेलमिलापसम्बन्धी ऐन संशोधन गर्न लागिएको बताउनुभएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा उहाँले दूरदराजमा स्नातक तह उत्तीर्ण गरेका मेलमिलापकर्ता उपलब्ध नभएमा कम्तीमा माध्यमिक तह उत्तीर्ण व्यक्तिले पनि मेलमिलापकर्ताको भूमिका निर्वाह गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको जानकारी दिनुभयो ।