Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

थाइल्यान्डलाई १९ रनमा समेट्दै नेपाल समूह विजेता

थाइल्यान्डलाई १९ रनमा समेट्दै नेपाल समूह विजेता

images

इच्छाकामना न्युज

१८, कार्तिक २०८३
थाइल्यान्डलाई १९ रनमा समेट्दै नेपाल समूह विजेता
images

काठमाडौं । थाइल्यान्डमा जारी महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । टर्डथाइ क्रिकेट मैदानमा आयोजक थाइल्यान्डको ‘ए’ टोलीलाई ९ विकेटले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्ड ‘ए’ ले १५.४ ओभरमा सबै विकेट गुमाएर १९ रन मात्रै बनायो । उसका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । थान्चानोक फुप्लुकले बनाएको चार रन नै टोलीका लागि सर्वाधिक व्यक्तिगत स्कोर रह्यो ।

थाइल्यान्डका पाँच खेलाडी शून्य रनमा आउट भए भने ६ खेलाडीले मात्रै रन बनाउन सके । टोलीले बनाएको कुल १९ रनमध्ये ब्याटरहरूको योगदान १२ रन थियो भने अतिरिक्तबाट सात रन प्राप्त भएको थियो । नेपालका लागि आरती विडारीले तीन विकेट लिइन् । सरिता मगर र इन्दु बर्माले समान दुई–दुई विकेट लिए ।

२० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ३.३ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । नेपालका लागि ममता चौधरीले आठ रन बनाइन् । नेरी थापा पाँच र डोली भट्ट दुई रनमा अविजित रहे ।

समूह चरणमा नेपालले शतप्रतिशत जित निकालेको छ । यसअघि नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई ६ विकेटले र तेस्रो खेलमा यूएईलाई पनि ६ विकेटले पराजित गरेको थियो । चारवटै खेल जित्दै नेपाल समूह विजेता बनेको हो ।

images
प्रकाशित मिति :कार्तिक १८, २०८३ मंगलवार - १५:४९:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology