दक्षिण कोरियामा आगामी वर्ष श्रमिकको तलब ५ प्रतिशतले बढ्ने भएको छ । आगामी वर्षको न्यूनतम एक घण्टाको ज्यालालाई यस वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि गरी ९ हजार ६ सय २० वोन निर्धारण गर्ने निर्णय भएको हो ।
यससँगै २०२३ जनवरीदेखि श्रमिकले मासिक तलब २० लाख १० हजार ५ सय ८० वोन पाउने भएका छन् । यो कोरियाका सबै उद्योगहरूमा समान रूपमा लागू हुनेछ ।
यसैबीच दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लङ्घन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् ।