Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चालु आर्थिक वर्षको ११ महिनामा मौसमी कामका लागि २ हजारभन्दा बढी नेपाली बेलायत पुगे 

चालु आर्थिक वर्षको ११ महिनामा मौसमी कामका लागि २ हजारभन्दा बढी नेपाली बेलायत पुगे 

इच्छाकामना न्युज

१७, आषाढ २०७९
चालु आर्थिक वर्षको ११ महिनामा मौसमी कामका लागि २ हजारभन्दा बढी नेपाली बेलायत पुगे 
images

काठमाण्डौ, १७ असार । चालु आर्थिक वर्षको ११ महिनामा मौसमी कामका लागि २ हजारभन्दा बढी नेपाली बेलायत गएका छन् । खासगरि कृषि क्षेत्रमा कामदार अभाव चुलिएपछि बेलायत सरकारले २०१९ बाटै अस्थायी रुपमा मौसमी कामदार लैजाने नीति कार्यान्वयन गरिएसँगै नेपालीहरू कामदारका रुपमा जाने क्रम पनि बढेको छ ।

images
images

त्यसरी जाने कामदारले तरकारी र फलहरू टिप्ने, टनेलभित्र काम गर्ने, सिँचाइ, प्याक हाउस, ट्र्याक्टर चलाउने, सुपरभाइजरको काम गर्नुपर्नेछ । १८ देखि ५० वर्ष उमेर समुहका कामदार मौसमी कामका लागि जान सक्छन् उनीहरूको शैक्षिक योग्यता मागिएको छैन भने साधारण अङग्रेजी बोल्नसक्ने भए मापदण्ड पुग्छ ।

सरकारले बेलायत जाने मौसमी कामदारलाई व्यवस्थित गर्न कार्यविधि बनाइरहेको बताएको छ । बेलायत पठाउन नेपालमा कुनै आधिकारीक म्यानपावर कम्पनी वा एजेन्ट नियुक्त गरिएको छैन तर कतिपय एजेन्टले आफु आधिकारीक भएको दावी गर्दै लाखाँै रुपैयाँ असुल्ने गरेका छन् ।

मौसमी कामदार भर्ना गर्ने अनुमति बेलायतस्थित प्रो फोर्स लिमिटेड, कोन्कोर्डिया लिमिटेड, एजी रिक्रुटमेन्ट एन्ड म्यानेजमेन्ट लिमिटेड र फ्रुटफुल जब्सले मात्रै दिएको छ । यी कम्पनीहरूले आफ्नो स्पोन्सरमा कामदार ल्याई माग भएको फार्ममा पठाउने गरेका छन् । ती कम्पनीहरूले कामदारको आवेदनकै आधारमा सिधै छनोट गर्ने गरेको जनाएका छन् ।

मौसमी कामदारको रुपमा जान चाहनेले कम्पनीको वेबसाइटबाट सिधै आवेदन दिन सक्नेछन् । आवेदन दिएको आधारमा छोटो सूची बनाई अन्तवार्ता गरि कामदार छनोट हुन्छ भने भिसाको आवेदन शुल्क र टिकटबाहेक अन्य खर्च कामदारले बेहोर्नुपर्दैन । साधारणतः कामदारको १ लाख ५० हजार रुपैयाँदेखि २ लाख ५० हजार रुपैयाँ लाग्ने गरेको छ ।

बेलायतको गृह मन्त्रालयका अनुसार सिजनल वर्किङ भिसामा गएका मौसमी कामदार एक वर्षभित्र जम्मा ६ महिनामात्रै बस्न पाउनेछन् । भिसाको अवधि समाप्त भएपछि आफ्नै देश फर्कनुपर्छ । अर्को रोजगारदातासँग काम गर्न पाइने छैन ।

images
प्रकाशित मिति :आषाढ १७, २०७९ शुक्रवार - ०९:००:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology