Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको गण्डकी गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ६६ करोड ११ लाख

गोरखाको गण्डकी गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ६६ करोड ११ लाख

इच्छाकामना न्युज

१०, आषाढ २०७९
गोरखाको गण्डकी गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ६६ करोड ११ लाख
images

भुम्लिचोक, १० असार  । गोरखाको गण्डकी गाउँपालिकाले ६६ करोड ११ लाख ९८ हजार ६ सय ८२ रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार बसेको गाउँसभामा नीति तथा कार्यक्रम सहित ६६ करोड बढीको बजेट ल्याइएको हो ।

images
images

सभामा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले आर्थिक वर्ष २०७९/०८० को अनुमानित कूल बजेट रु ६६ करोड, ११ लाख ९८ हजार ६ सय ८२ रुपैयाँ पेश गरेकी हुन् ।

जसमा संघीय सरकारको वित्तिय समानीकरण अनुदान १४ करोड ९१ लाख, शसर्त अनुदान २६ करोड, ६३ लाख, र समपूरक अनुदानतर्फ ८० लाख रहेको छ । त्यस्तै विशेष अनुदानतर्फ २ करोड ६६ लाख, राजस्व बाँडफाँटतर्फ ८ करोड ९६ लाख १ हजार गरी जम्मा ५३ करोड ९६ लाख १ हजार रहेको छ ।

त्यसैगरी प्रदेश सरकार वित्तिय समानीकरण अनुदान १ करोड ८२ लाख ५९ हजार, शसर्त अनुदानतर्फ ५० लाख, र समपूरक अनुदान ८० लाख, राजश्व बाँडफाँटतर्फ ७२ लाख ३४ हजार गरी जम्मा ३ करोड ८४ लाख ९३ हजार प्राप्त हुने प्रस्तावित बजेटमा उल्लेख छ ।

बजेटमा गौरवका योजना अनुसार हरेक वडाबाट पालिका केन्द्रसम्म जोड्ने सडकको स्तरोन्नतीको लागी बहुवर्षीय गौरवको योजना शुरु गरेको छ । जसअनुसार हरेक वडामा ५० लाख रकम विनियोजित गरेको छ । यसलाई बहुवर्षीय योजनामा राख्दै पालिका केन्द्रसम्म कालोपत्रे गर्ने योजना सहित कार्यक्रम ल्याइएको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमल्सिनाले बताए ।

images
प्रकाशित मिति :आषाढ १०, २०७९ शुक्रवार - २०:४४:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology