Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेप्से ३६ अंकले घट्यो

नेप्से ३६ अंकले घट्यो

इच्छाकामना न्युज

३१, जेठ २०७९
नेप्से ३६ अंकले घट्यो
images

काठमाडौं, ३१ जेठ । परिसूचक उच्च अंकले घट्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकै दिन ३६ अंकको गिरावट आएको छ । मंगलबार कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ३६ अंकले घटेर १९ सय अंकको बिन्दुमा आइपुगेको हो ।

images
images

१.७८ प्रतिशतको गिरावट आएसँगै २ हजार अंकमा रहेको परिसूचक खुम्चिएर १९ सय ९६ अंकमा आइपुगेको छ । यस्तै, सेन्सेटिभ समूहमा ६ अंकको गिरावटसँगै ३८३ अंकमा आइपुगेको छ । यसैक्रममा नेप्सेमा १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ बराबरको ४१ लाख ४७ हजार कित्ता सेयर किनेबेच भएको छ ।

परिसूचक उच्च अंकले घटेको दिन मंगलबार कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये निर्जीवन बिमा समूहमा सबैभन्दा धेरै २४२ अंकको गिरावट आउँदा जीवन बिमा समूहमा १८६ अंकको गिरावट आएको छ । यसैगरी, लघुवित्त समूह ७७ अंक, विकास बैंक समूह ७६ अंक, उत्पादनमूलक समूह ६७ अंक, जलविद्युत समूह ६६ अंकले घटेका छन् ।

यसबाहेक, व्यापार समूह ५२ अंकले घट्दा अन्य समूहमा ५१ अंकको गिरावट आएको छ । यसैगरी, होटल र टुरिजम समूह ४६ अंकले घट्दा वित्त समूहमा ३२ अंकको गिरावट आएको छ । मंगलबार बजार उच्च अंकले घट्दा कारोबारमा आएकामध्ये ९ वटा कम्पनीको मात्रै मूल्य बढेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ । घटेकामध्ये हिमालयन पावर पार्टनरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ।

images
प्रकाशित मिति :जेठ ३१, २०७९ मंगलवार - १६:२३:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology