भुम्लिचोक, १८ जेठ । गोरखाको गण्डकी गाउँपालिकामा चेम्बर अफ कमर्स गठन भएको छ । रजनी मियाँको अध्यक्षतामा समिति गठन भएको हो ।
समितिको सचिवमा अनिल माझी, कोषाध्यक्षमा लक्ष्मण रेग्मी, सदस्यहरुमा राजु माझी र चोमबहादुर थापा चयन भएको गोरखा चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठले जानकारी दिए ।
सल्लाहकार समितिमा दुर्गा बहादुर बिसुराल, भक्तमणी नहर्की र डिपी सापकोटा चयन भएका छन् । गण्डकी गाउँपालिका वडा नं १ देखि ८ सम्मका व्यापार व्यवस्था सहज रुपमा संचालन गर्न समिति गठन गरिएको चेम्बर अफ कमर्सले जनाएको छ ।
आगामी एक महिना भित्र सबै वडामा तदर्थ कमिटी गठन गर्ने अध्यक्ष श्रेष्ठले बताए ।







