Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

चालु आवको १० महिनामा सशस्त्र प्रहरीद्वारा ५३ करोड भन्दा बढी राजश्व संकलन

चालु आवको १० महिनामा सशस्त्र प्रहरीद्वारा ५३ करोड भन्दा बढी राजश्व संकलन

images

एसपि गौरव

१७, जेठ २०७९
चालु आवको १० महिनामा सशस्त्र प्रहरीद्वारा ५३ करोड भन्दा बढी राजश्व संकलन
images

सर्लाही, १७ जेठ । सशस्त्र प्रहरी बल नेपाल छिन्नमास्ता बाहिनीले चालु आर्थिक वर्षको १० महिनामा रु ५३ करोड भन्दा बढीको राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को १० महिनामा सशस्त्र प्रहरीले रु ५३ करोड ८५ लाख १८ हजार ५ सय ८० बराबरको अवैध सामान भन्सार दाखिला गरेको हो ।

मधेश प्रदेशका ८ जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा ओसार पसार भएका सामाग्री नियन्त्रणमा लिएर भन्सार दाखिला गरिएको छिन्नमास्ता बाहिनीका बाहिनी पति एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश बहादुर ठाडामगरले जानकारी दिनुभयो ।

छिन्नमास्ता बाहिनीका बाहिनी पति एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) मगरका अनुसार सोही अवधिमा रु १ करोड ५२ लाख ९८ हजार ३ सय ९० बराबरका अवैध पशु चौपाय भन्सार दाखिला गरिएको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेका पशु चौपाय प्रदेशका विभिन्न स्थानबाट बरामद् गरी भन्सार दाखिला गरिएको डिआईजी मगरले बताउनु भयो ।

रु १ करोड ३९ लाख ३० हजार ९ सय ७२ बराबरको ४ हजार ३ सय ५२ दशमलव ८८ क्यूबि फिट काठ पनि सशस्त्र प्रहरीले बरामद गरेको छ । बाहिनी मातहतका विभिन्न सशस्त्र प्रहरी बल एवम् बिओपीहरुको टोलीले प्रदेशका विभिन्न स्थानबाट उक्त परिणाम बराबरको काठ बरामद गरेको हो । मधेश प्रदेशका ८ वटैै जिल्लाबाट सशस्त्र प्रहरीले २ हजार ३ सय ८४ दशमलव ९५ किलोग्राम प्रतिबन्धित लागु औषध गाँजा बरामद गर्नुका साथै ६० विघा १७ कट्ठा १० धुर क्षेत्रफलमा लगाइएको गाँजा पनि फडानी गरि नष्ट पारिएको डिआईजी मगरले बताउनु भयो ।

३१ दशमलव ९२ किलोग्राम चरेश बरामद गरेको सशस्त्र प्रहरीले १ सय ७३ मिलिग्राम ब्राउन सुगरसहित ३७ हजार ५ सय २१ पिस प्रतिबन्धित लागुऔषध ट्याब्लेट बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । 

सो अवधिमा रु २६ लाख ९८ हजार ७ सय ५७ बराबरको सुनचाँदी बरामद् गरिएको सशस्त्र प्रहरी बल छिन्नमास्ता बाहिनीले जनाएको छ । अवैध रुपमा ल्याइएको भारु १७ लाख ५९ हजार ७ सय १ भरतीय मुद्रा र रु २ करोड ५४ लाख १ सय २८ नेपाली मुद्रा बरामद गरिएको सशस्त्र प्रहरी बल छिन्नमास्ता बाहिनीको तथ्यांकमा उल्लेख छ । रु ७ लाख १४ हजार ५ सय बराबरको जाली नोट र रु ३३ लाख ९० हजार नक्कली पैँसा बनाउने कागज पनि बरामद गरिएको डिआईजी मगरले बताउनुभयो ।

उहाँका अनुसार १ हजार ३८ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ । बेचबिखनमा परेका ४६ जना चेलीबेटीको उद्धारसमेत गरिएको छ भने विभिन्न अपराधिक गतिविधिमा संलग्न २ सय १३ जनालाई पक्राउ गरेर नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल छिन्नमास्ता बाहिनीले जनाएको  छ । सशस्त्र प्रहरीले चालु आर्थिक वर्ष २०७८÷०७९ को १० महिनामा सबै गरेर रु रु ५३ करोड भन्दा बढीको राजश्व संकलन गरेको हो ।

images
प्रकाशित मिति :जेठ १७, २०७९ मंगलवार - २२:५४:२० बजे

एसपि गौरव

पत्रकार एसपि गौरव इच्छाकामना न्युजको सर्लाही प्रतिनिधी हुन्। उहाँ सामुदायिक रेडियो मध्य तराईको स्टेशन प्रमुखमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology