Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

एनपिएल एकताको सुन्दर सङ्गम होः मन्त्री सोविता गौतम

एनपिएल एकताको सुन्दर सङ्गम होः मन्त्री सोविता गौतम

images

इच्छाकामना न्युज

१०, कार्तिक २०८३
एनपिएल एकताको सुन्दर सङ्गम होः मन्त्री सोविता गौतम
images

काठमाडौं। कानुन,न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताएकी छिन् । प्रतियोगिताअघि मन्त्री गौतमले नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउँदै एनपिएल नेपाली प्रतिभा,निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर सङ्गम रहेको जिकिर गरिन् ।

‘आजबाट सुरु हुने नेपाल प्रिमियर लिगको तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिँदै छ । एनपिएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर सङ्गम हो ।’

एनपिएलको तेस्रो संस्करण आजबाट त्रिवि मैदानमा सुरु हुँदै छ । उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दै छन् । एक महिनासम्म चल्ने प्रतियोगितामा नेपाली र चर्चित विदेशी खेलाडीहरूको जमघट हुनेछ । मन्त्री गौतमले एनपिएल नेपालका कुनाकन्दरामा ओझेलमा परेका प्रतिभाहरूलाई विश्व स्तरीय खेलाडीसँग एउटै मैदानमा उभ्याउने सपनाको उडान भएको पनि बताएकी छिन् ।

‘नेपालका कुनाकन्दरामा ओझेलमा परेका प्रतिभाहरूलाई विश्व स्तरीय खेलाडीहरूसँग एउटै मैदानमा उभ्याउने यो मञ्चले नेपाली क्रिकेटको भविष्य उज्ज्वल बनाउनुका साथै हजारौँ युवाको आत्मविश्वास बढाउने र सपनालाई नयाँ उडान दिनेछ ।’

मन्त्री गौतमले सरकारले उचित वातावरण सिर्जना गरिदिने हो भने निजी क्षेत्रले सम्भावनालाई उद्योगमा, प्रतिभालाई अवसरमा र खेललाई राष्ट्रिय उत्सवमा बदल्न सक्छ भन्ने उत्कृष्ट उदाहरण एनपिएल बनेको बताइन् । उनले सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई शुभकामना दिँदै जुन टिमले प्रतियोगिता जिते पनि जित नेपाली क्रिकेटकै हुने धारणा व्यक्त गरेकी छिन् ।

 

 
 

images
प्रकाशित मिति :कार्तिक १०, २०८३ सोमवार - १५:१४:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology