Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

लालपुर्जा राजनीतिक आश्वासन होइन,भूमिहीनको अधिकार हो : मन्त्री प्रतिभा रावल

लालपुर्जा राजनीतिक आश्वासन होइन,भूमिहीनको अधिकार हो : मन्त्री प्रतिभा रावल

images

इच्छाकामना न्युज

१०, कार्तिक २०८३
लालपुर्जा राजनीतिक आश्वासन होइन,भूमिहीनको अधिकार हो : मन्त्री प्रतिभा रावल
images

नारायणगढ (चितवन) भूमि व्यवस्था,सहकारी,सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाउनु राजनीतिक आश्वासन नभई उनीहरूको अधिकार भएको बताउनुभएको छ ।

भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका समस्या र लालपुर्जा वितरण प्रक्रियाबारे छलफल गर्न तथा उनीहरूका गुनासा सुन्न चितवन आउनुभएकी मन्त्री रावलले आज भरतपुर महानगरपालिका–११, गणेशस्थानमा स्थानीयसँग छलफल गर्दै विगतमा लालपुर्जा वितरणको विषयलाई राजनीतिक लाभका लागि प्रयोग गरिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “लालपुर्जा र राजनीतिलाई सँगै जोड्नु हुँदैन । तपाईंहरूले लालपुर्जा पाउनुपर्छ, त्यो तपाईंहरूको अधिकारको कुरा हो ।” मन्त्री रावलले भूमिहीन तथा सुकुमवासीलाई लालपुर्जा वितरणमा रहेका नीतिगत बाधा सरकारले अध्यादेशमार्फत हटाइसकेको उल्लेख गर्दै अब प्रक्रिया छिटो अघि बढाउन स्थानीय तह र भूमि समस्या समाधानसम्बन्धी समितिलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “अब नीतिले तपाईंहरूको हकमा लालपुर्जा दिन रोक्दैन, अब नियतको कुरा हो । स्थानीय तहले प्रक्रिया छिटो अघि बढाउनुपर्छ र भूमि समितिले काम शीघ्र टुङ्ग्याउनुपर्छ ।”मन्त्री रावलले लालपुर्जा वितरणमा भएको ढिलाइका कारण भूमिहीन तथा सुकुमवासीले लामो समयदेखि दुःख भोग्नुपरेको बताउँदै उनीहरूलाई छिटोभन्दा छिटो लालपुर्जा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

छलफलका क्रममा स्थानीयले आफ्ना समस्या तथा गुनासा मन्त्रीसमक्ष राखेका थिए । सरकारले आफूहरूका समस्या समाधानका लागि पहल थालेको भन्दै उनीहरूले मन्त्री रावलप्रति आभार व्यक्त गरेका थिए । मन्त्री रावलले चितवनका सबै स्थानीय तहमा पुगेर भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका समस्या र गुनासा सुन्ने कार्यक्रम रहेको छ । उहाँले स्थानीयका समस्या सुनी समाधानका लागि सम्बन्धित सरोकारवालासँग छलफल गरी तत्कालै समस्या समाधानका गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

images
प्रकाशित मिति :कार्तिक १०, २०८३ सोमवार - १६:२७:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology