आँबुखैरेनी, ७ बैशाख । हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट नव निर्वाचित आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिहरुलाई एक कार्यक्रमकाबीच स्वागत, बधाई तथा शुभकामना सहित सम्मान गरिएको छ । तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितिको आयोजनामा आज नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत, बधाई तथा शुभकामना सहित सम्मान कार्यक्रम गरिएको हो ।
बजार ईकाइ समितिका अध्यक्ष दिपक कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा सम्पुर्ण ईकाइका पदाधिकारीहरुले बधाई तथा सफल कार्यकालको शुभकामना दिदै नव निर्वाचित आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, वडा नं. १ का वडा अध्यक्ष प्रेम बहादुर गुरुङ, वडा नं. ३ का वडा अध्यक्ष दिनेश केसी, वडा नं. ४ को वडा अध्यक्ष मिलन भुजेल, वडा नं. ५ का वडा अध्यक्ष सन्तोष गुरुङ, अन्य विभिन्न वडाका वडा सदस्य लगाएत पुरुष जनप्रतिनिधिहरुलाई ढाका टोपी र महिला जनप्रतिनिधिहरुलाई पछ्याउरा (खादा) लगाएर सम्मान गरिएको छ।
कार्यक्रममा आँबुखैरेनी बजार इकाई समितिका निवर्तमान अध्यक्ष कृष्णमान तामाङ, समितिका सल्लाहकारहरु भगवानदास मल्ल, उत्तरकुमार श्रेष्ठ, हरिभक्त श्रेष्ठ, उदिप श्रेष्ठ, राजकुमार श्रेष्ठ, पुर्व अध्यक्ष सुनिल मल्ल लगाएतको उपस्थित रहेको थियो ।