Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

वाल्मीकि विद्यापीठलाई काठमाडौं महानगरको २० लाख सहयोग

वाल्मीकि विद्यापीठलाई काठमाडौं महानगरको २० लाख सहयोग

images

इच्छाकामना न्युज

१४, कार्तिक २०८३
वाल्मीकि विद्यापीठलाई काठमाडौं महानगरको २० लाख सहयोग
images

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वाल्मीकि विद्यापीठलाई रु २० लाख आर्थिक सहयोग गरेको छ । महानगरपालिका शिक्षा विभागले संस्कृत शिक्षा प्रवर्द्धन शीर्षकअन्तर्गत नेपाल संस्कृत विश्वविद्यालयको उक्त विद्यापीठलाई फर्निचर तथा पुस्तकालय विकास अनुदान कार्यक्रमका लागि रु २० लाख सहयोग गरेको हो ।

महानगरपालिका शिक्षा विभागका प्रमुख नमराज ढकालले सो रकम वाल्मीकि विद्यापीठका प्राचार्य अच्युत लामिछानेलाई हस्तान्तरण गर्नुभयो । विद्यापीठका नाममा निकासा भएको रकम लक्षित उद्देश्यअनुरूप कार्य अघि बढाउन खर्च गरिने प्राचार्य लामिछानेले जानकारी दिनुभयो ।

महानगरपालिकाले संस्कृत शिक्षा प्रवर्द्धनका लागि आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाएकोसमेत उहाँले सुनाउनुभयो ।

 
 

images
प्रकाशित मिति :कार्तिक १४, २०८३ शुक्रवार - १३:०८:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology