Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

आँबुखैरेनीमा नेपाली काँग्रेसले बल्ल खाता खोल्यो, ३ को वडाध्यक्षमा दिनेश के.सी. निर्वाचित

आँबुखैरेनीमा नेपाली काँग्रेसले बल्ल खाता खोल्यो, ३ को वडाध्यक्षमा दिनेश के.सी. निर्वाचित

images
आँबुखैरेनीमा नेपाली काँग्रेसले बल्ल खाता खोल्यो, ३ को वडाध्यक्षमा दिनेश के.सी. निर्वाचित
images

आँबुखैरेनी, २ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा बल्ल नेपाली काँग्रेसले खाता खोलेको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार वडा नं. ३ को वडाध्यक्षमा नेपाली काँग्रेसका दिनेश के.सी. निर्वाचित भएको हो। 

उनले १००८ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका बिमलबाबु राना मगरले ६०५ मत पाए । यस अघि एमालेले जितेको यस वडामा एमालेका उम्मेद्वारहरु तेस्रो पोजिसनमा देखिएको छ।

वडाको अन्य सदस्यमा नेपाली काँगग्रेसबाट महिला सदस्य लक्ष्मी श्रेष्ठ ६९०, माओवादी केन्द्रबाट दलित महिला सदस्यमा शोभा बि.क. ६६३, राप्रपाबाट खुल्ला सदस्यमा मनोज कुमार श्रेष्ठ ६४३ र  माओबादी केन्द्रबाट राजु थापा ५६४ मत ल्याएर निर्वाचित भएका छ्न ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा पनि माओवादी केन्द्र निकै अगाडी बढेका छन् ।

images
प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - १२:२५:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology