Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

‘समृद्ध नेपाल,सुखी नेपाली’बनाउन अनुसन्धानमा आधारित नीति आवश्यकःअध्यक्ष केपी शर्मा ओली

‘समृद्ध नेपाल,सुखी नेपाली’बनाउन अनुसन्धानमा आधारित नीति आवश्यकःअध्यक्ष केपी शर्मा ओली

images

इच्छाकामना न्युज

२९, आश्विन २०८३
‘समृद्ध नेपाल,सुखी नेपाली’बनाउन अनुसन्धानमा आधारित नीति आवश्यकःअध्यक्ष केपी शर्मा ओली
images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति निर्माण आवश्यक रहेको बताएका छन् । उनले देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा वातावरणीय अवस्थाको गहन अध्ययन गरेर भविष्यको मार्ग पहिल्याउनुपर्नेमा जोड दिएका छन् ।

नेकपा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा नीति निर्माण गर्नुपर्ने बताए । उनले पार्टीका विषयगत विभागहरूलाई समेत अनुसन्धानमा आधारित भएर आ–आफ्नो क्षेत्रका नीति निर्माण गर्न आग्रह गरिएको जानकारी दिए ।

उनले भने,‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति निर्माण आवश्यक छ । देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा वातावरणीय अवस्थाको गहन अध्ययन गरेर भविष्यको मार्ग पहिल्याउनुपर्छ । पार्टीका विषयगत विभागहरूले पनि अनुसन्धान र तथ्यमा आधारित भएर आ–आफ्नो क्षेत्रका नीति निर्माण गर्नुपर्छ ।’

ओलीले नीति निर्माण गर्दा वर्तमान समस्याको समाधान मात्र नभई भविष्यलाई समेत ध्यान दिनुपर्ने बताए । कृषि, पूर्वाधार विकास, अर्थतन्त्र र परराष्ट्र नीतिलगायतका क्षेत्रमा दीर्घकालीन दृष्टिकोणसहित अघि बढ्नुपर्ने उनको भनाइ थियो । उनले राज्यको मुख्य उद्देश्य जनताको जीवनस्तर उकास्नु, गरिबी न्यूनीकरण गर्नु र नागरिकलाई आधारभूत आवश्यकताको सुनिश्चितता गर्नु रहेको बताए । जातीय आधारमा आरक्षणको विषयमा चर्चा गर्दै उनले जनताको आम्दानी बढाउने, रोजगारीका अवसर सिर्जना गर्ने र आर्थिक अवस्था सुधार्ने विषयलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

‘रोजगारी भनेको काम गरेको समय गनेर मात्र हुँदैन, त्यसबाट प्राप्त हुने आम्दानीले परिवारको आधारभूत आवश्यकता पूरा गर्न सक्नुपर्छ,’ ओलीले भने । ओलीले मानवतावाद, समानता, न्याय, सुरक्षा, समृद्धि र सम्मानजनक जीवनलाई आफूहरूले परिकल्पना गरेको समाजवादको आधारका रूपमा व्याख्या गरे । उनले राजनीतिक अधिकारमा मात्र सीमित नभई नागरिकका आर्थिक तथा सामाजिक अधिकारसमेत सुनिश्चित हुने लोकतन्त्र आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले नीति निर्माणका लागि समाजका विभिन्न तहका नागरिक, बुद्धिजीवी तथा विषयविज्ञसँग छलफल र परामर्श गर्नुपर्ने बताए । अनुसन्धानबिनाको नीति मनोगत हुने र त्यसले अपेक्षित परिणाम दिन नसक्ने उनको भनाइ थियो ।

उनले विगतका अनुभव, वर्तमान परिस्थितिको विश्लेषण र भविष्यका आवश्यकतालाई समेटेर नीति निर्माण गर्नु प्रतिष्ठानको महत्त्वपूर्ण जिम्मेवारी भएको उल्लेख गरे । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्त गर्न विभिन्न क्षेत्रको अध्ययन गरी कुन क्षेत्रमा के गर्नुपर्छ भन्ने पहिचान गर्नुपर्ने उनले बताए ।

images
प्रकाशित मिति :आश्विन २९, २०८३ बिहिवार - १७:१८:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology