Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

लोकतन्त्रको रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छःमहामन्त्री प्रदीप पौडेल

लोकतन्त्रको रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छःमहामन्त्री प्रदीप पौडेल

images

इच्छाकामना न्युज

११, कार्तिक २०८३
लोकतन्त्रको रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छःमहामन्त्री प्रदीप पौडेल
images

दमौली (तनहुँ) नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले लोकतन्त्र सङ्कटमा परेका बेला तरुणहरूले निर्वाह गरेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै पार्टीको सङ्गठन सुदृढीकरण र रूपान्तरणमा पनि युवाहरूले सिर्जनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल तरुण दलको ७४औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल तनहुँद्वारा आज दमौलीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले तरुण दललाई नेपाली कांग्रेसको मेरुदण्डको सङ्ज्ञा दिनुभयो । लोकतान्त्रिक आन्दोलन तथा लोकतन्त्रको रक्षाका लागि तरुणहरूले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउँदै उहाँले आगामी दिनमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शको संरक्षणमा युवाहरू सक्रिय हुनुपर्ने धारणा राख्नुभयो ।

नेपाली कांग्रेसले तरुण तथा युवालाई उच्च महत्व दिँदै आएको उल्लेख गर्दै पौडेलले पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व बढ्दै गएको बताउनुभयो । उहाँले कांग्रेसको रूपान्तरणका लागि तणहरूले केवल सङ्गठन विस्तारमा मात्र सीमित नभई नयाँ सोच, विचार र सिर्जनात्मक कार्यक्रममार्फत पार्टीलाई जनतासँग जोड्नुपर्ने बताउनुभयो । पार्टीमा भएका सुधारका प्रयास र परिवर्तनलाई जनतासमक्ष पु¥याउनुपर्नेमा जोड दिँदै महामन्त्री पौडेलले पार्टीभित्र भएका सकारात्मक परिवर्तनबारे जनतालाई बुझाउन सके कांग्रेसप्रतिको विश्वास थप बलियो बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चिनु पोख्रेलले पार्टीभित्र एकता आवश्यक रहेको बताउनुभयो । त्यस अवसरमा पार्टीका केन्द्रीय सदस्य जगदीशचन्द्र पोख्रेल र दीपक भट्टराईलगायतले तरुण दलको भूमिका, पार्टी सङ्गठनको सुदृढीकरणका विषयमा धारणा राख्नुभयो ।

images
प्रकाशित मिति :कार्तिक ११, २०८३ मंगलवार - १२:२२:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology