काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले वर्तमान सरकार परिणाममुखी कामभन्दा प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाउनुभएको छ ।
सरकारले आफूले गरेका कामको मूल्याङ्कन सामाजिक सञ्जाल र त्यसका अल्गोरिदमका आधारमा गर्न नहुने भन्दै उनले वास्तविक उपलब्धि र परिणामका आधारमा कामको मूल्याङ्कन गर्नुपर्ने बताउनुभएको हो ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारको पछिल्लो ६–७ महिनाको कार्यशैलीप्रति टिप्पणी गर्दै राईले छिमेकी मुलुकसँगको सम्बन्ध र राष्ट्रिय स्वाधीनताका विषयमा पनि प्रश्न उठाउनु भयो । उहाँले कुनैपनि राजनीतिक दल स्थापित हुन छिमेकी मुलुकसामु झुक्नुपर्ने अवस्था हुनु दुःखद् भएको बताउनु भयो ।