आँबुखैरेनी, २७ चैत । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै निर्वाचनमा आकांक्षीहरुले धमाधम उम्मेद्वारी दावी गर्न थालेका छन्। जस अनुरुप आँबुखैरेनी गाउँपालिका ५ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट युवा नेता कुमार गुरुङले पनि आफ्नो दावी प्रस्तुत गरेको छ।
उनले वडाध्यक्षमा दावी गर्दै केहि दिन अघि पार्टीमा आवेदन दिएका छन्। हाल नेपाली काँगे्रसको आँबुखैरेनी गाउँपालिका कार्यसमितिको सह–सचिव रहेका गुरुङ नेपाल तरुण दल आँबुखैरेनी गाउँकार्यसमितिको उपाध्यक्ष समेत छन्।
गुरुङ्ग २०६४ साल देखि नेबिसंघ हुँदै २०६६ सालमा तात्कालिन छिम्केस्वरी गाविसको तरुण दल अध्यक्ष समेत भैसकेका हुन्। यस्तै उनी पूर्व शिक्षक समेत हुन्।