Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

इच्छाकामना ३ मा माओवादी केन्द्रलाई उम्मेद्वार छान्न सकस, वडाध्यक्षमा १ दर्जनले गरे दावी

इच्छाकामना ३ मा माओवादी केन्द्रलाई उम्मेद्वार छान्न सकस, वडाध्यक्षमा १ दर्जनले गरे दावी

images

इच्छाकामना न्युज

२७, चैत्र २०७८
इच्छाकामना ३ मा माओवादी केन्द्रलाई उम्मेद्वार छान्न सकस, वडाध्यक्षमा १ दर्जनले गरे दावी
images

फिस्लिङ, २७ चैत । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि चितवनको इच्छाकामना ३ को वडाध्यक्षको उम्मेद्वारका लागि माओवादी केन्द्रलाई सकस पर्ने भएको छ। गत स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले जितेको एकमात्र वडा भएकोले पनि हुनसक्छ यसपटक वडाध्यक्षमा उम्मेद्वार दावी गर्ने धेरै भएका छन्।

माओवादी केन्द्रले दिएको जानकारी अनुसार वडाध्यक्षमा १२ जनाले दाबी गरेका छन् । आइतबार बसेको बैठकमा वर्तमान वडाध्यक्ष गोवर्धन अधिकारी सहित १२ जनाले दाबी गरेका हुन् ।

वडाध्यक्ष आंकक्षीहरुमा शिवप्रसाद पौडेल, गोवर्धन अधिकारी, प्रकाश पोखरेल, तूल बहादुर गुरुङ, शरद पोखरेल, प्रमोद पोखरेल, शुसिला चालिसे, भीष्मकुमार गुरुङ, कर्ण बहादुर चेपाङ, शिवराम पोखरेल, डम्मर कुमारी चेपाङ र राजकुमार गुरुङ रहेका छन् ।

इच्छाकामना गाउँपालिकामा सबैभन्दा बलियो वडा यहि हो यसैले गत स्थानिय तहको निर्वाचनमा पनि धेरै आंकक्षी हुदाँ त्यस बेला पनि उम्मेद्वारी टुंगो लगाउन सकस परेको थियो ।

यसैबिच ४ जना वडा सदस्य मध्ये हाल सम्म तीन जना मात्र आंकक्षी छन् । गोरे गुरुङ, मनकुमारी सुनार र डील बहादुर चेपाङ रहेका छन् । 

यस अघि माआवदी केन्द्रले ३ वटा वडाको सर्वसहमतीले वडाध्यक्षको उम्मेद्वार चयन गरिसकेका छन् । वडा नम्बर १ मा सन्त राना, २ मा प्रकाश बुढाथोकी र ६ मा याम बहादुर गुरुङ रहेका छन् ।

 

images
प्रकाशित मिति :चैत्र २७, २०७८ आइतवार - १८:५९:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology