आँबुखैरेनी, २२ चैत । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दे नेपाली काँग्रेस आँबुखैरेनीले पालिका स्तरीय पार्टी कार्यालय खोलेको छ। काँग्रेसले आँबुखैरेनी–३ स्थित छबिसे टोलमा पार्टी कार्यालय खोलेको हो।

पार्टी कार्यालयको नेपाली काँग्रेस स्थानीय तह निर्वाचन सम्बन्धि गाउँ सम्मेलन एवं पार्टी कार्यालय उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्ववनमन्त्री शंकर भण्डारीले आज उद्घाटन गरेको छ। कार्यक्रमको अध्यक्षतामा नेपाली काँग्रेस आँबुखैरेनीका पार्टी सभापति विष्णु बहादुर पन्थले गरेका थिए।

यस्तै कार्यक्रममा नेपाली काँग्रेस तनहुँका जिल्ला सभापति जित प्रकाश आले लगायत जिल्ला र स्थानीय स्तरका कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा ५३ जनाले विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेशको गाउँ पार्टी उपसभापति विजय गुरुङले जानकारी दिए।