विकास गुरुङ, तेह्रथुम, २२ चैत । तेह्रथुमका महिलाहरू ढाका व्यवसाय तर्फ आकर्षित हुन थालेका छ । जिल्लाको लालीगुराँस नगरपालिकाले सीपमुलक ढाका बुनाइप्रशिक्षण दिएपछि महिलाहरू ढाका व्यवसायतर्फ आकर्षित भएका हुन् ।
नगरपालिकाको सहयोगमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमले ढाकासम्बन्धी तालिमसञ्चालन गर्दै आएको छ । घरायसी काममै व्यस्त रहेका महिलाहरू हिजोआज ढाका बुनाइमा व्यस्त छन् । ढाका व्यवसायमा लागेपछि आम्दानी पनि राम्रो भएको उनहरूको भनाइ छ ।
घरमै बसेर व्यवसाय सञ्चालन गर्न सक्ने र आर्थिक रुपले पनि सक्षम हुन थालेकाले ढाका बुनाइ महिलाहरूको रोजाइमा परेको हो । ढाकाबाट सारी, दौरासुरुवाल, टोपी, गलबन्दी, टाइ, रुमाल, पछ्यौरा लगायतका सामाग्री तयार गरिन्छ ।