Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मनकामना केवलकारको टिकट अब प्रभु पेबाट पनि काट्न सकिने

मनकामना केवलकारको टिकट अब प्रभु पेबाट पनि काट्न सकिने

इच्छाकामना न्युज

२०, मंसिर २०७७
मनकामना केवलकारको टिकट अब प्रभु पेबाट पनि काट्न सकिने
images

गोरखा २०, मङ्सिर । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकारको टिकट अब प्रभु पेबाट पनि खरिद गर्न सकिने भएको छ। आउदो मंसिर २१ गतेदेखि मनकामना केबलकारको टिकट प्रभु पेबाट पनि काट्न सकिने भएको हो।
यस अघि नै इसेवा र फोनपेबाट समेत मनकामना केवबलकारको टिकट काट्न सकिने व्यवस्था गरिसकेको छ। 
प्रभु पेबाटै मनकामना केबलकारको टिकट काट्न सकिने भएपछि मनकामना दर्शन गर्न जाने भक्तजनहरुले टिकट खरिद गर्न लामो लाइनमा बस्नु पर्ने बाध्यता समेत अन्त्य भएको छ।
प्रभु पे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्था हो । प्रभु पेबाट रिचार्ज गर्न, इन्टरनेट, टेलिभिजन, खानेपानी विद्युती बिल भुक्तान गर्न, बस, हस्पिटल, हवाईजहाजको टिकट काट्न, अनलाइन सपिङको भुक्तान गर्न लगायतका सुविधाहरु पाउन सकिन्छ ।
साथै यसबाट बैंक अकाउन्टमा पैसा पठाउन तथा रेमिट्यान्स सुविधा लिन सकिन्छ । भने विभिन्न बैंकबाट प्रभु पेमा पैसा लोड गर्न समेत सकिन्छ ।

images
images

images
प्रकाशित मिति :मंसिर २०, २०७७ शनिवार - १५:२२:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology