कुरिनटार, १६ चैत । नेनेकपा माओवादी केन्द्रनिकट रहेको नेपाल बुद्धिजीवी संगठन बागमती प्रदेशको सदस्यमा इच्छाकामना गाउँपालिकाका इश्वरविलास अधिकारी निर्वाचित भएका छन्। प्रगती पाठशाला कुरिनटारका सहायक प्रिन्सिपल समेत रहेका अधिकारी संगठनको प्रदेश समिति सदस्यमा निर्वाचित भएको हो।
संगठनको दोस्रो सम्मेलनले समितिमा उपाध्यक्षसहित चितवनका ८ जना निर्वाचित भएका छन् । चितवनका अन्य सदस्यमा ईश्वरचन्द्र पौड्याल ‘आईसिपी’, गोकर्ण सापकोटा, केदार बराल, गंगा भट्टराई, गोकुलप्रसाद भट्ट र बुद्धिनाथ ढुंगाना निर्वाचित भएका छन् ।