Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

नेपाली काँग्रेस चितवनका सभापति खनालले सिद्धिका चेपाङसँग मनाए होली

नेपाली काँग्रेस चितवनका सभापति खनालले सिद्धिका चेपाङसँग मनाए होली

images

इच्छाकामना न्युज

३, चैत्र २०७८
नेपाली काँग्रेस चितवनका सभापति खनालले सिद्धिका चेपाङसँग मनाए होली
images

चितवन, ३ चैत । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेस्वर खनालले यश पटकको होलि सिद्धिका चेपाङ समुदायसग मनाएका छन । आफू जिल्ला सभापतिमा निर्वाचित भएसंगै खनालले चेपाङ समुदायमा गएर उनिहरु सगै होलि मनाएका हुन । बिगत लामो समय देखिको मेरो इच्छा बल्ल आज पूरा भएको छ खनालले भने,दुखी गरिब सग चाडपर्व मनाउन पाउँदा म ज्यादै खुशी छु । यसैबीच कांग्रेसको घरघर जाऔं कांग्रेस जिताऔँ अभियान अन्तरगत कालिका नगरपालिकाको वडा नं ११ मा दुई सय ३५ जना कांग्रेसमा प्रबेश गरेका छन ।

आज भएको वडा भेलामा उनिहरु एमाले परित्याग गरि कांग्रेस प्रवेश गरेको नेपाली काङ्ग्रेस चितवनका सभापति खनालले बताउनु भयो । आफू हरु बिगत लामो समय देखि एमाले छाडेर काङ्ग्रेसमा आउन खोजिरहेको बताउदै उनिहरुले अहिले उचित समय आएकोले काङ्ग्रेसमा प्रवेश गरेको बताएका छन । खनाल जिल्ला सभापति बनेका कारण कांग्रेसमा आशा जागेको भन्दै पार्टी प्रवेश गरेको एक चेपाङले बताए ।

प्रवेश गर्नेहरु सबै चेपाङ समुदायका रहेका छ्न । कार्यक्रममा जिल्ला सभापती राजेश्वर खनाल, सचिब सुर्य अर्या, धुर्व पोख्रेल, निवर्तमान पार्टी सभापती जितनारायण श्रेष्ठ, महासमिति सदस्य सरोज गुरुङ, महाधिवेशन प्रतिनिधि कृष्ण भुजेल, नरजंग प्रजा महेन्द्र, टंक पौडेल, क्षेत्र न दुइ (क) का प्रदेश सभापति जनार्दन दाहाल, कालिकाका नगर सभापति दिपेश्वर केसि, नेताहरु कमल आचार्य, शिबराम केसि, लिला गुरुङ, कृष्ण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियोे ।

 

images
प्रकाशित मिति :चैत्र ३, २०७८ बिहिवार - २१:२८:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology