चितवन, २८ फागुन । नेकपा माओवादी केन्द्रका सहायक संगठन योङ्ग कम्यूनिष्ट लिग (वाइसियल) नेपाल र अखिल नेपाल महिला संघ क्रान्तिकारी (अनेमसंघ) इच्छाकामनाले वडा नं. १ मा संगठन विस्तार गरेको छ। बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालको प्रमुख आतिथ्यतामा एक भेलाको आयोजना गरी दुवै संस्थाको संगठन विस्तार गरेको हो।

भेलाले धन बहादुर प्रजाको अध्यक्षतामा २१ सदस्यीय योङ्ग कम्यूनिष्ट लिग (वाइसियल) नेपाल इच्छकामना वडा नं. १ कमिटी गठन गरिएको वाइसियल नेपाल इच्छाकामनाका अध्यक्ष झलक गुरुङले जानकारी दिए । भेलाले उपाध्यक्षमा सुरेश चेपाङ,सचिवमा गम बहादुर चेपाङ,सह–सचिवमा गोपाल चेपाङ र कोषाध्यक्षमा इम माया गुरुङलाई चयन गरिएको छ ।
यस्तै उक्त भेलाले सन्तकुमारी चेपाङको नेतृत्वमा २१ सदस्यिय अखिल नेपाल महिला संघ क्रान्तिकारी (अनेमसंघ) इच्छकामना वडा नं. १ कमिटी गठन गरिएको छ । भेलाले उपाध्यक्षमा सन्त कुमारी चेपाङ,सचिवमा सोममाया चेपाङ, सह–सचिवमा सानिमाया चेपाङ र कोषाध्यक्षमा बिष्णु पौडेललाई चयन गरेका छन् ।
भेलामा नेकपा माओवादी केन्द्र वागमती प्रदेश सदस्य प्रताप गुरुङ, सावित्री सिलवाल,बागमती प्रदेश परिषद सदस्य प्रकाश पोखरेल, इच्छाकामनाका अध्यक्ष हरि बहादुर थापा, अखिल नेपाल महिला संघ क्रान्तिकारी इच्छाकामनाका अध्यक्ष सम्झना खड्का सिलवाल, वाइसियल नेपाल इच्छाकामनाका अध्यक्ष झलक गुरुङ लगायतको उपस्थिति रहेको थियो।