Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

नेपाली कांग्रेस चितवनको जिल्ला सदस्यमा भुगोलतर्फ इच्छाकामनाका २ जना निर्वाचित 

नेपाली कांग्रेस चितवनको जिल्ला सदस्यमा भुगोलतर्फ इच्छाकामनाका २ जना निर्वाचित 

images

इच्छाकामना न्युज

२६, फाल्गुण २०७८
नेपाली कांग्रेस चितवनको जिल्ला सदस्यमा भुगोलतर्फ इच्छाकामनाका २ जना निर्वाचित 
images

चितवन, २६ फागुन । नेपाी कांग्रेस चितवनको १४ औं महाधिवेशन अन्तर्गत फागुन २० गते भएको निर्वाचनको बुधबार साँझ सम्पन्न मतगणनामा भूगोलतर्फको सदस्यमा इच्छाकामनाबाट २ जना निर्वाचित भएका छन्। निर्वाचित हुनेहरुमा इच्छाकामना भुगोलको खुल्ला महिला सदस्यतर्फ सावित्री पुडाशैनी र इच्छाकामना भुगोलको खुल्ला पुरुष सदस्यतर्फ माधव बहादुर घिमिरे निर्वाचित भएको हो।

निर्वाचनमा पुडाशैनीले १४२२ मत प्राप्त गरे भने घिमिरेले १३३९ मत प्राप्त गरे। इच्छाकामना भुगोलतर्फको खुल्ला महिला र पुरुष जिल्ला सदस्यतर्फ सहमती हुन नसकेपछि निर्वाचन भएको हो। उक्त पदहरुमा पराजित हुनेहरुमा खुल्ला महिला सदस्यतर्फ मिश्रिमाया परियारले १०८६ मत प्राप्त गरे भने पुरुष तर्फ मोदराज सिलवालले जम्मा ११०७ मत प्राप्त गरे।

इच्छाकामना भुगोलको खुल्ला पुरुष सदस्यतर्फ पराजित सिलवाल नेपाली कांग्रेसबाटै उम्मेद्वार रही इच्छाकामना ५ को वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधी हुन्।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७८ बिहिवार - ०७:५५:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology