Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रुपमा विकास गरिने उद्योग वाणिज्य महासंघका अध्यक्षको भनाइ 

निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रुपमा विकास गरिने उद्योग वाणिज्य महासंघका अध्यक्षको भनाइ 

इच्छाकामना न्युज

१६, मंसिर २०७७
निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रुपमा विकास गरिने उद्योग वाणिज्य महासंघका अध्यक्षको भनाइ 
images

काठमाण्डौ, १६ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वले निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रुपमा विकास गर्नेगरी आफ्नो कार्ययोजना तयार गर्ने जनाएको छ। महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा निर्यात क्षेत्रलाई विकास गर्नेगरी महासंघले दृष्टिकोण निर्माण गर्न लागेको बताउनुभएको छ। 
आज  निर्यात व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ एवं शुभकामना प्रदान गर्न आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले अबको १०० दिनभित्रमा स्पष्ट दृष्टिकोण ल्याउने बताउनुभयो। अहिले अर्थतन्त्रको मेरुदण्डको रुपमा रेमिट्यान्समात्र रहेको र कुनैपनि बेला कमी आउँदा देशको अर्थतन्त्र नै भत्किने सम्भावना भएकाले निर्यातका क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत व्यवस्थामा रहेको कमजोरीका कारण निर्यातलाई प्रवद्र्धन गर्न नसकेको बताउनुभयो। अहिलेभन्दा ३० वर्षपहिला नेपालको निर्यातको अवस्था आयातको तुलनामा धेरै नै राम्रो भएकोमा अहिले क्रमशः घट्दै जानु दुःखद् रहेको उहाँले बताउनुभयो। महासंघले निर्यात प्रवद्र्धनका लागि नीतिगत सुधार गर्न सरकारसमक्ष माग राख्ने उहाँको भनाइ थियो ।

images
images

images
प्रकाशित मिति :मंसिर १६, २०७७ मंगलवार - १८:१६:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology