Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

एमाले निकट अखिल नेपाल महिला संघ इच्छाकामनाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा राधा कंडेल चयन

एमाले निकट अखिल नेपाल महिला संघ इच्छाकामनाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा राधा कंडेल चयन

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०७८
एमाले निकट अखिल नेपाल महिला संघ इच्छाकामनाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा राधा कंडेल चयन
images

कुरिनटार, २३ फागुन । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ इच्छाकामना गाउँ कमिटिको प्रथम अधिवेशन सम्पन्न भएको छ। संघको कुरिनटारमा रहेको एमाले पार्टी कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरि अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनले अखिल नेपाल महिला संघ इच्छाकामना गाउँ कमिटिको अध्यक्षमा राधा कंडेललाई चयन गरेको छ। यस्तै संघको उपाध्यक्षमा मिठुमाया सिलवाल, सचिवमा रश्मि गुरुङ, सहसचिवमा रोशिला कडेल र कोषाध्यक्षमा दुर्गा पाण्डे सहित सात वटै वडा समेटेर ७५ सदस्यीय कमिटि गठन गरिएको छ। 

275448662_2762670500702128_2570087111030239941_n.jpg

कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला संघ इच्छाकामनाका अध्यक्ष रीता अर्याल नेपाल गरेका थिए भने प्रमुख अतिथि माननीय कृष्ण भक्त पोखरेल रहेका थिए। 

यस्तै कार्यक्रममा नेकपा एमाले चितवनका जिल्ला सदस्य दान बहादुर गुरुङ, ज्ञानुदेवी पाण्डे, नारायण अधिकारी, एमाले इच्छाकामनाका अध्यक्ष कृष्ण सिलवाल लगायतको सहभागिता रहेको थियो।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७८ सोमवार - २२:११:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology