कुरिनटार, २३ फागुन । नेकपा माओवादी केन्द्र पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) इच्छाकामना गाउँपालिका ४ नं. वडा कमिटिको अध्यक्षमा तुलसा थापा चयन भएको छ। संघको कुरिनटारमा सम्पन्न एक भेलाले वडा कमिटिको अध्यक्षमा थापालाई चयन गरेको हो।
भेलाले थापाको अध्यक्षतामा २५ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) इच्छाकामना ४ को वडा कमिटि गठन भएको हो। कमिटिको उपाध्यक्षमा शर्मिला मगर, सचिवमा कमला चेपाङ, सह–सचिवमा लक्ष्मी भण्डारी, कोषाध्यक्षमा ववि कुमारी गुर्छन लगायत चयन भएका छन्।
कार्यक्रमको अध्यक्षता माओवादी केन्द्र ४ न. वडा कमिटि अध्यक्ष खड्ग बहादुर मगरले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य प्रताप गुरुङले गरेका थिए।
कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य सावित्रा सिलवाल, प्रकाश पोखरेल पालिका कमिटि अध्यक्ष हरि बहादुर थापा लगायतको उपस्थिति रहेको थियो।