Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारी इच्छाकामना ३ को अध्यक्षमा राधादेवी पोखरेल चयन

माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारी इच्छाकामना ३ को अध्यक्षमा राधादेवी पोखरेल चयन

images

इच्छाकामना न्युज

२२, फाल्गुण २०७८
माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारी इच्छाकामना ३ को अध्यक्षमा राधादेवी पोखरेल चयन
images

चुम्लिङटार,२२ फागुन । माअ‍ोवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (अनेमसंघ क्रान्तिकारी )इच्छाकामना वडा नम्बर ३ को अध्यक्षमा राधादेवी पोखरेल चयन हुनुभएको छ । चुम्लिङटारमा सम्पन्न वडा भेलाले पोखरेलको नेतृत्वमा २५ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

भेलाले उपाध्यक्षमा कमला चेपाङ, सचिवमा मिश्रा गुरुङ ,सह–सचिवमा अनुसा चेपाङ र कोषाध्यक्षमा सुमित्रा पोखरेललाई चयन गरेका छन् ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य प्रताप गुरुङको प्रमुख अतिथि तथा प्रदेश कमिटी सदस्य सावित्री सिलवालको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्र बागमतीका प्रदेश परिषद सदस्य प्रकाश पोखरेल,माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष हरि बहादुर थपा, माओवादी केन्द्र वागमती प्रदेशका सल्लाहाकार तथा वडा नम्बर ३ का वडाध्यक्ष गोवद्र्धन अधिकारी, वडा नम्बर ४ का वडा सदस्य बाबु काजी त्रिपाठी, माओवादी केन्द्रका वडा नम्बर ३ का अध्यक्ष शिव पौडेल,अखिल नेपाल महिला संघ क्रान्तिकारी इच्छाकामनाका अध्यक्ष सम्झना खड्का सिलवाल लगायतको आतिथ्यता रहेका थिए ।
विन्दा अधिकारीको सभापतित्वमा भेला सम्पन्न भएको हो ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - २०:४२:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology