Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

संघिय सांसद किसान श्रेष्ठबाट देवघाट गाउँपालिकामा ५५ लाख बजेट विनियोजन

संघिय सांसद किसान श्रेष्ठबाट देवघाट गाउँपालिकामा ५५ लाख बजेट विनियोजन

आशिक राना

१५, मंसिर २०७७
संघिय सांसद किसान श्रेष्ठबाट देवघाट गाउँपालिकामा ५५ लाख बजेट विनियोजन
images

देवघाट, १५ मंसिर । प्रतिनिधि सभा तनहूँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले देवघाट गाउँपालिकाका पाँच वटा योजनालाई ५५ लाख रुपैयाँ विनियोजन गरेका छन् । स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद श्रेष्ठले चालु आर्थिक वर्षको लागि उक्त रकम विनियोजन गरेका हुन् ।
सांसद श्रेष्ठले वडा नम्बर २ को कछाडक्षेत्र ग्रामिण मोटरमार्गको छिपछिपेदेखी जुमडाँडा सम्मको लागि १० लाख, वडा नम्बर २ को फिदिमस्वाँरा मा्ेटरमार्गकोलागि १० लाख, वडा नम्बर ४ को काफलस्वाँरा मोटरमार्गकोलागि लागि १० लाख रुपैयाँ विनियोजन गरेका छन् ।
वडा नम्बर ५ को गाईघाट देखी बगन्दी सम्म जाने मोटरमार्ग खन्न २० लाख र देउपुर टोल विकास संस्थाको सामुदायीक भवनको अधुरो कामकोलागि ५ लाख रुपैयाँ विनियोजन गरेका छन् ।
देवघाट गाउँपालिका तथा स्थानीय जनताको माग र आवश्यकताको आधारमा योजना छनौट गरि रकम विनियोजन गरिएको सांसद श्रेष्ठको सचिवालयले जनाएको छ ।

images
images

images
प्रकाशित मिति :मंसिर १५, २०७७ सोमवार - १९:१८:१९ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology