Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

पुडासैनीद्वारा कांग्रेस चितवनको जिल्ला सदस्यमा उम्मेद्वारी

पुडासैनीद्वारा कांग्रेस चितवनको जिल्ला सदस्यमा उम्मेद्वारी

images

इच्छाकामना न्युज

१९, फाल्गुण २०७८
पुडासैनीद्वारा कांग्रेस चितवनको जिल्ला सदस्यमा उम्मेद्वारी
images

कुरिनटार, १९ फागुन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ इच्छाकामनाको सभापति सावित्री पुडासैनीद्वारा जिल्ला सदस्यमा उम्मेद्वारी दिने भएकी छिन्। उनले आजदेखि सुरु हुने नेपाली कांग्रेस चितवनको १४ औं जिल्ला अधिवेशनमा गाउँपालिका कोटाबाट जिल्ला सदस्यमा उम्मेद्वारी दिने भएकी हुन्।

२०४८ सालदेखि नेविसंघमा आवद्ध भै राजनैतिक यात्रा सुरु गरेकी उनले २०५५ सालमा पार्टीको क्रियाशील सदस्यता पाएकी थिईन्। तत्पश्चात २०५५ सालमा महिला संघ दारेचोकको सचिव र २०६० सालमा अध्यक्ष भएकी थिइन्। 

२०६५ सालमा क्षेत्रीय प्रतिनिधी बनेकी उनी १३ औं महाधिवेशनमा क्षेत्रीय सदस्य समेत भएकी थिइन् । नेविसंघमा २० औं वर्ष काम गरेर अनुभव संगालेका उनीमा २६ वर्ष शिक्षक संघमा काम गरेको अनुभव समेत छ। 

पेशागत अन्तर्गत नेपाल ट्रेड युनियनको बागमती प्रदेश प्रतिनिधि समेत रहिसकेका पुडाशैनी हाल नेपाल ट्रेड युनियन इच्छाकामनाको संयोजक, गिरिजा प्रसाद कोइराला फाउण्डेशनको चितवन जिल्ला सदस्य समेत हुन्।

images
प्रकाशित मिति :फाल्गुण १९, २०७८ बिहिवार - १०:०९:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology