कुरिनटार, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले इच्छाकामना गाउँपालिकामा कमिटि विस्तार गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि सोनाम हुसेनको अध्यक्षतामा १० सदस्यीय गाउँपालिका स्तरीय कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा सत्संग सिलवाल, सचिवमा दिपेन्द्र खड्का, सहसचिवमा लक्ष्मण गुरुङ, कोषाध्यक्षमा रविना खड्का चयन भएको छ ।
यस्तै सदस्यहरुमा विवेक गुरुङ, सन्तबहादुर तामाङ, शिव मगर, रुपेश गुरुङ चयन भएको छ । कमिटि गठन भेलालाई सम्बोधन गर्दै राप्रपा केन्द्रीय सहमहामन्त्री रिना गुरुङले स्वदेशमै रोजगारी सृजना गर्न सत्तारुढ दलहरु असफल बनेको आरोप लगाए। उनले जनताको जनजिविकामा देखा परेका समस्या समाधान गर्न बैकल्पिक शक्तिको खाँचो देखिएको बताए ।
उनले राप्रपाले नै देशलाई विकास र राष्ट्रियताको पक्षमा लैजान सक्ने दाबी गरे । कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य मनमाया गुरुङ, प्रदेश सदस्य ज्ञानुजंग लामा, चितवन क्षेत्र नम्बर १ का अध्यक्ष बलराम खनाल, १ ख का अध्यक्ष हरिशरण भट्टराई, २ क का उपाध्यक्ष निमा लामा, भरतपुर महानगर कमिटि सदस्य ओमकार महतो, महिला संगठन माडी सदस्य लक्ष्मी दाहाल लगायतको सहभागिता रहेको थियो ।