चितवन, २८ माघ । चितवनसहित १६ जिल्लाको नेपाली कांग्रेसको अधिवेशन फागुन १३ गते हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा १६ जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार समितिको आज बसेको बैठकले १६ जिल्ला कार्यसमितिको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको जानकारी दिए ।