Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शेयर बजार राताम्मे, दुई कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि

शेयर बजार राताम्मे, दुई कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि

इच्छाकामना न्युज

१६, मंसिर २०७८
शेयर बजार राताम्मे, दुई कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि
images

काठमाडौं, १६ मंसिर । साताको अन्तिम कारोवार दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९ दशमलव ४ अंकले घटेर राताम्मे भएको छ । आज नेप्से १ दशमलव ८६ प्रतिशतले घटेर दुई हजार पाँच सय ८४ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

images
images

आज दुई सय ३१ कम्पनीको ४७ हजार आठ सय ४६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल तीन अर्ब ४१ करोड ३५ लाख बराबरको ७९ लाख कित्ता शेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । बैंकले आज १२ करोड ४३ लाखभन्दा बढीको कारोबार गरेको छ ।

कारोबारमा आएका उपसूचकहरूमा विकास बैंक, फाइनान्स तथा अन्य समूहमा ३ प्रतिशतभन्दा धेरैको गिरावट आएको छ भने बाँकी सबै सूचकमा १ देखि २ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सामलिङ पावर कम्पनीको शेयर मूल्य सर्किट लेभेलमा बढेर प्रतिकित्ता पाँच सय सात रुपैयाँ ५० पैसा पुगेको छ भने न्यादी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता चार सय १३ रुपैयाँ १० पैसा पुगेको छ । 

यस्तै, आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा कर्पोरेट डेभलप्मेन्ट बैंकका लगानीकर्ता रहेका छन् । बैंकको सेयर मूल्य करिब ६ प्रतिशतभन्दा बढीले घटेको छ । 

images
प्रकाशित मिति :मंसिर १६, २०७८ बिहिवार - २१:१८:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology