मुग्लिन, ११ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इच्छाकामनाको अध्यक्षमा प्रताप गुरुङ निर्वाचित भएका छन्। माओवादी केन्द्र इच्छाकामनाको आज सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा प्रताप गुरुङ निर्वाचित भएका हुन्।
अधिवेशनले गुरुङको अध्यक्षतामा ५५ सदस्यीय माओवादी केन्द्रको इच्छाकामना गाउँकमिटि निर्वाचित गरेको छ। कमिटिको पदाधिकारीहरुउपाध्यक्षमा हरि थापा, सावित्रा सिलवाल र रामप्रसाद बोहोरा, सचिवमा रामहरी कडेलका साथै कोषाध्यक्षमा सम्झना सिलवाल निर्वाचित भएको छ।