चितवन, ५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको क्षेत्र नं. २ को सभापतिमा लक्ष्मण गुरुङ उम्मेद्वार बनेका छन्। चितवन जिल्लाको तात्कालिन पहाडि गााविस कविलासमा सामान्य परिवारमा जन्मि हुर्की राजनितिमा उदाएका हुन्।
वि. सं. २०५१ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनिती सुरु गरेका गुरुङ नेपाल विद्यार्थी संघको कविलास माबिको अध्यक्ष, नेबि संघ कविलास गाविसको अध्यक्ष , नेबिसंघ चितवनको क्षेत्रीय सदस्य हुदै ११ औ महाधिवेशनमा नेपाली काङ्ग्रेस कविलास गाविसको पार्टी सचिव, १२ औ महाधिवेशनमा नेपाली कांग्रेस चितवनको क्षेत्रीय सचिव भएका थिए।
नेपाली कांग्रेसको १३ औ महाधिवेशनमा क्षेत्रीय सभापतिको उमेदवार बनेका गुरुङ ३ मतले पराजित भएका थिए। पराजयका कारण ५ बर्षसम्म पार्टिको कुनै जिम्मेवारिमा नरहदा पनि निरन्तर पार्टिले सन्चालन गरेको हरेक क्रियाकलापमा सहभागी रहेर पार्टिको सिपाहिले गर्नुपर्ने कर्तब्य गरिरहेको गुरुङ बताउछन्।
‘यो ५ बर्षको अबधिमा थुप्रै पब्लिक चुनावहरु भए तर कुनैपनी चुनावमा उमेदवारको रुपमा मेरो दावी रहेन, मेरो उद्देश्य नै क्षेत्रीय सभापती भएर यो निर्वाचन क्षेत्रमा काङ्ग्रेस बलियो बनाउने हो’ –उनले भने।
चितवनको यो क्षेत्र न २ को भौगोलिक अवस्था काउलेको सिराइचुली देखि नारायणगढको व्यस्त शहर हुदै प्रेमबस्तिको तोरिखेतसम्म फैलिएको छ।
अल्पसंख्यक पिछडिएको चेपाङ्ग समुदाय देखि जनजाती, दलित, लगायत विभिन्न जातजाती, धर्म र संस्कृती मान्ने अनि बिहान बेलुकी छाक टार्न गार्हो हुने वर्गको नागरिक देखि व्यापारी घरानाका धनाढ्यहरु बस्ने यो क्षेत्रलाइ काङ्ग्रेसले समान रुपमा समेट्न सक्ने र यी सबै बर्गका जनता एवं पार्टिमा आबद्द साथिहरुको अवस्था बुझेको नेतृत्व गर्ने क्षमता भएको नेताको आवश्यकता भएकोले यो क्षेत्रमा त्यस्तो नेतृत्व प्रदान गर्न आफु सक्षम भएकोले कार्यकर्ताले आफुलाई रोज्नेमा विश्वास रहेको पनि उनले बताए।
त्यसैले उनले आउदै गरेको १४ औ महाधिवेशनमा चितवन क्षेत्र न २ को क्षेत्रीय सभापतिमा मतदान गरि बिजय गराइ दिनुहुन सबैमा अनुरोध समेत गरेका छन्।