कुरिनटार, ४ मंसिर । आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा चितवनको इच्छाकामना गाउँपालिकाका कुम बहादुर गुरुङ र भविश्वर गुरुङ निर्वाचित भएका छन्। नेपाली कांग्रेस चितवन क्षेत्र नं. २ ‘क’ को आज बिहान प्राप्त मत परिणाम अनुसार इच्छाकामनाका कुम बहादुर गुरुङ सचिवमा निर्वाचित भएको हो।
गुरुङले उम्मेद्वारहरु मध्य सबैभन्दा लोकप्रिय मत पाएर सचिवमा निर्वाचित भएका हुन्। उनले २ सय ५४ मत प्राप्त गरे। यस्तै बागमति महाधिवेशन प्रतिनिधिमा इच्छाकामनाका भविश्वर गुरुङ निर्वाचित भएका छन्। उनले २ सय ४९ मत प्राप्त गरे।
इच्छाकामनाका अन्य उम्मेद्वारहरु चितवन क्षेत्र नं. २ ‘क’ को सभापति उम्मेद्वार राजकुमार गुरुङ र सह–सचिव उम्मेद्वारा दुर्गा पूरी पराजित भएका छन्।