Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जनतामारा बैंकको रुपमा परिचित बन्दै एनआईसी बैंकः पिडितहरु संगठित बन्दै ‘एनआइसी एशिया बैंक पीडीत समूह’ गठन

जनतामारा बैंकको रुपमा परिचित बन्दै एनआईसी बैंकः पिडितहरु संगठित बन्दै ‘एनआइसी एशिया बैंक पीडीत समूह’ गठन

इतिहासमै पहिलोपटक बैंक लक्षित पीडीत समूह बन्यो

इच्छाकामना न्युज

२८, कार्तिक २०७८
जनतामारा बैंकको रुपमा परिचित बन्दै एनआईसी बैंकः पिडितहरु संगठित बन्दै ‘एनआइसी एशिया बैंक पीडीत समूह’ गठन
images

काठमाडौं, २८ कार्तिक । एनआइसी एशिया बैंकले पीडीत’ बनाएको भन्दै ग्राहक तथा ऋणीहरु संगठित भएका छन् । आइतबार नयाँ बानेश्वरमा बसेको 'पीडीत'हरुको बैठकले 'एनआइसी एशिया बैंक पीडीत समूह' औपचारिक रुपमा गठन गरेका हुन् । 

images
images

हाल सो समूहलाई एस। कार्कीले नेतृत्व गरेका छन् भने ७ सदसीय कार्यसमितिसमेत चयन भएको छ । सो समूहले छिट्टै एनआइसी एशिया बैंकका पीडीतहरुलाई बैंकले दिएको पीडाकाबारे आवाज उठाउने, एनआइसी एशिया बैंकमा विभिन्न दबाबमूलक कार्यक्रम गर्ने, राष्ट्र बैंकमा बैंकले गरेका गलत कामहरुको पर्दाफास गर्ने लगायतका काम गर्नेगरी तयारी भएको संयोजक कार्कीले जानकारी दिए।

‘एनआइसी एशिया बैंकले मनपरी ढंगले ब्याज बढाएको देखि, बैंकले आफ्नो सम्पत्ति अनुचित तरिकाले लिलाम गरेकोसम्मका पीडीतहरु भेटिएका छन् । कतिपयले आफ्नो परिचय गोप्य राख्न खोज्नुभएको छ भने कतिपय साथीहरु फ्रन्टलाईनमै आएर विरोध गर्न तयार भएर बस्नुभएको छ । हामी छिट्टै नै बैंकको मनपरी विरुद्ध चरणबद्ध विद्रोहको तयारी गरिरहेका छौं ।' संयोजक कार्कीले अर्थ सरोकारसँग भने, 'बैंकभित्रका कतिपय बेथितिका प्रमाण पनि जुटाईरहेका छौं । हामी इस्युअनुसार राष्ट्र बैंक, र मिडियामा पुग्नेछौं ।' उनले भने । 

उनका अनुसार सो समूहमा एनआइसी एशिया बैंकले विविध खालका पीडा दिएका पीडीतहरु छन् । यस विषयमा छिट्टै बैंक, राष्ट्र बैंकलगायतलाई पनि जानकारी दिने र पत्रकार सम्मेलन गरेर आफ्ना कार्यक्रमहरु घोषणा गर्ने तयारी भएको संयोजक कार्कीको भनाई छ । पीडीत समूहले वकिलहरुबाट भोलुन्टर वकिलहरु तयार गरी बैंकले गरेको मनोमानीविरुद्ध कानुनी उपचारसमेत खोज्न सहयोग गर्नेसमेत कार्कीले बताएका छन् । सम्भवतः इतिहासमै पहिलोपटक यसरी कुनै बैंक लक्षित पीडीत समूह बनेको हो । अर्थसरोकार अनलाईनबाट

images
प्रकाशित मिति :कार्तिक २८, २०७८ आइतवार - २२:३६:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology