Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

द्वन्द्वपीडित र असहाय बालबालिकालाई कामना सेवा विकास बैंकको सहयोग

द्वन्द्वपीडित र असहाय बालबालिकालाई कामना सेवा विकास बैंकको सहयोग

न्युज कारखाना

२७, कार्तिक २०७८
द्वन्द्वपीडित र असहाय बालबालिकालाई कामना सेवा विकास बैंकको सहयोग

लमजुङ, २७ कात्तिक । कामना सेवा विकास बैंक बेसिशहर शाखाले आदर्श महिला तथा बालविकास केन्द्रमा रहेका बालबालिकालाई न्यानो कपडा र स्टेसनरी सहयोग गरेको छ । बेसिशहर नगरपालिका-८ मा रहेको बैंकले १५औं वार्षिकोत्सवको अवसरमा न्यानो कपडा र स्टेसनरी सहयोग गरेको हो ।

images

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बालगृहका बालबालिकालाई ज्याकेट, सुइटर तथा स्टेशनरी सामाग्री वितरण गरेको कामना सेवा विकास बैंक बेसिशहर शाखाका प्रमुख कृष्णबहादुर चापागाईंले बताए । बालगृहमा हाल १० जना द्वन्द्वपीडित तथा असहाय बालबालिका रहेका छन् ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७८ शनिवार - २०:१३:१६ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology