Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

नेपाली कांग्रेस आँबुखैरेनीद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस आँबुखैरेनीद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

१६, कार्तिक २०७८
नेपाली कांग्रेस आँबुखैरेनीद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
images

आँबुखैरेनी, १६ कार्तिक । दशैं तिहार लगायत विभिन्न चाडपर्वहरुको अवसर पारेर नेपाली कांग्रेस आँबुखैरेनीले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ। तनहुँको आँबुखैरेनी बजारमा आज एक कार्यक्रमको अयोजना गरि चाडपर्वहरुको अवसरमा शुभकामाना आदान प्रदान गरेको हो।

IMG_9439.jpg

नेपाली कांग्रेस आँबुखैरेनीका सभापति विष्णु बहादुर पन्थको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्वोधन गर्नका लागि प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख पूर्वमन्त्री शंकर भण्डारी आँबुखैरेनी आएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री भण्डारीले अबको निर्वाचनमा कांग्रेस एक भएर जानुपर्ने बताए। ‘पार्टीलाई शिरमा राखेर आगामी निर्वाचनमा पार्टीका प्रतिनिधीहरुलाई जिताउन तपाई हामी एक भएर लाग्नुपर्छ’ –उनले भने। काँग्रेस एक भएर लागेमा आँबुखैरेनीमा काँग्रेसलाई कसैले हराउन नसक्ने पनि उनले दावी गरे। 

shankar.jpg

कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा केन्द्रीय सदस्य ध्रुव वाग्ले, तनहुँका जिल्ला सभापति एवं व्यास नगरका मेयर बैकुण्ठ न्यौपाने, कार्यवाहक जिल्ला सभापति चित प्रकाश आले, विशेष अतिथिमा जिल्ला सचिव विश्व वास्तोला र लक्ष्मी आचार्य, महासमिति सदस्य रामचन्द्र अधिकारी लगायत स्थानीय र जिल्ला तहका नेता एवं कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो।

IMG_9427.jpg

IMG_9435.jpg

images
प्रकाशित मिति :कार्तिक १६, २०७८ मंगलवार - २१:०६:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology