आँबुखैरेनी, २३ असोज । नेपाली काँग्रेस आँबुखैरेनी गाउँकार्यसमितिको कोषाध्यक्षमा झलक थापा मनोनित भएका छन्। नेपाली काँग्रेस आँबुखैरेनी गाउँ कार्यसमितिको आज बसेको पहिलो बैठकले कोषाध्यक्षमा झलक बहादुर थापालाई मनोनित गरेको हो।

नवनिर्वाचित गाउँकार्यसमितिको सभापति विष्णु पन्तको प्रस्तावमा कार्यसमितिले निर्णय गरेर थापालाई कोषाध्यक्षमा मनोनित गरेको हो। कोषाध्यक्षमा मनोनित थापा केहि दिन अघि सम्पन्न नेपाली कांग्रेसको वडा नं. २ को वडा अधिवेशनबाट क्षेत्रिय सदस्यमा निर्वाचित हुनुका साथै गाउँकार्यसमितिको सदस्यमा निर्वाचित भएका थिए।
यस्तै सोहि बैठकले पवन नेपालीलाई पनि सदस्यमा मनोनित गरेको छ। ननिर्वाचित सभापतिले २० प्रतिशत गाउँकमिटि सदस्य र कोषाध्यक्ष मनोनित गर्न पाउने बमोजिम उनीहरुलाई मनोनित गरिएको सभापति विष्णु पन्थले जानकारी दिए।