Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

म नेपाली कांग्रेसको सिपाही हुँ कुनै गुटको हैनः सभापति कृतिकुमार श्रेष्ठ (विज्ञप्ती)

म नेपाली कांग्रेसको सिपाही हुँ कुनै गुटको हैनः सभापति कृतिकुमार श्रेष्ठ (विज्ञप्ती)

images

इच्छाकामना न्युज

१०, आश्विन २०७८
म नेपाली कांग्रेसको सिपाही हुँ कुनै गुटको हैनः सभापति कृतिकुमार श्रेष्ठ (विज्ञप्ती)
images

मुग्लिन,१० असोज । नवनिर्वाचित नेपाली कांग्रेस इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठले आफु पार्टीको कुनै गुटमा नरहेको बताउनुभएको छ । केही सञ्चार माध्यामहरुमा आफु सभापति शेर बहादुर देउवाको प्यानलबाट निर्वाचित भएको समाचार आएको भन्दै कुनै गुटमा नरेहको स्पष्ट पार्नुभएको हो ।

आज प्रेस विज्ञप्ती जारी गर्दै आफु नेपाली कांग्रेसको नीति, सिद्धान्त र आदर्शको पक्षधर भई निष्ठापूर्बक संगठनमा लागेको सिपाही भएको र कुनै नेता बिशेषको गुट वा प्यानलसँग जोडिएको, गाँसिएको वा आबद्ध नभएको बताउनुभएको हो ।

उहाँले कुनै  नेता बिशेषको गुट वा प्यानलसंग जोडिएर आएको समाचारको भ्रममा नपर्न पार्टी सुभचिन्तकहरुलाई आग्रह गर्नुभएको छ ।

यस्तो छ विज्ञप्ती

प्रेश बिज्ञप्ति
म नेपाली कांग्रेस ईच्छाकामना गाउँपालिका कार्य समितिको नब निर्बाचित सभापति श्री कीर्ति कुमार श्रेष्ठलाई केहि अनलाईन पत्रिकाहरुले नेपाली कांग्रेसको गुट बिशेषको नेताको नाम र समूहसँग जोडिएर समाचार प्रकाशन गरेको पाईएकोले सो बिषयमा कोहि कसैलाई कुनै पनि भ्रम नहोस भनी प्रष्ट पार्न यो प्रेस बिज्ञप्ति जारी गरेको छु। म नेपाली कांग्रेसको नीति, सिद्धान्त र आदर्शको पक्षधर भई निष्ठापूर्बक संगठनमा लागेको सिपाही हुँ म कुनै नेता बिशेषको गुट वा पाईनलसँग जोडिएको, गाँसिएको वा आबद्ध नभएको बेहोरा सार्बजनिक जानकारीको लागि यो प्रेश बिज्ञप्ति मार्फत जानकारी गराउदै उक्त भ्रामक समाचारको खण्डन गर्दछु। जय नेपाल।

श्री कीर्ति कुमार श्रेष्ठ, सभापति नेपाली कांग्रेस, ईच्छाकामना गाउपालिका कार्यसमिति, चितवन

images
प्रकाशित मिति :आश्विन १०, २०७८ आइतवार - १९:५१:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology