Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

नेपाली कांग्रेस आँबुखैरेनीको सभापतिमा शंकर भण्डारी निकट विष्णु बहादुर पन्त निर्वाचित

नेपाली कांग्रेस आँबुखैरेनीको सभापतिमा शंकर भण्डारी निकट विष्णु बहादुर पन्त निर्वाचित

उपसभापतिमा सबैभन्दा बढि मत ल्याएर युवा नेता विजय गुरुङका साथै गोलाप्रथाद्वारा कर्ण बहादुर गुरुङ निर्वाचित 

images

इच्छाकामना न्युज

९, आश्विन २०७८
नेपाली कांग्रेस आँबुखैरेनीको सभापतिमा शंकर भण्डारी निकट विष्णु बहादुर पन्त निर्वाचित
images

आँबुखैरेनी, ९ असोज । नेपाली कांग्रेस आँबखैरेनी गाउँ कार्यसमितिको सभापतिमा विष्णु बहादुर पन्त निर्वाचित भएका छन्। आज सम्पन्न महाधिवेशनमा भएको सभापतिको निर्वाचनमा प्रत्यासी उम्मेद्वार प्रितम गुरुङलाई पराजित गर्दै पन्त निर्वाचित भएका हुन्।

कुल खसेको ९९ मत मध्य पन्तले ५६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रत्यासी उम्मेद्वार गुरुङले ३९ मत मात्रै ल्याए। खसेको कुल मत मध्य ४ मत बदर भएको थियो।

यस्तै उपसभापति पदमा भएको मतदानमा सबैभन्दा बढि मत ल्याएर विजय गुरुङ र गोलाप्रथाद्वारा कर्ण बहादुर गुरुङ विजयी भएका छन्। तरुण दल आँबुखैरेनीका सभापति समेत रहेका विजय गुरुङले सबैभन्दा बढि ६३ मत ल्याएका थिए। उपसभापतिका अन्य प्रत्यासीहरु मध्य शालिग्राम अधिकारी र कर्ण बहादुर गुरुङले ४२÷४२ मत ल्याएपछि गोलाप्रथाद्वारा गुरुङ विजयी भएको हो। उपसभापतिका अर्का पत्यासी केशर बहादुर के.सी.ले भने सबैभन्दा कम २३ मत ल्याए।

यसैगरी अधिवेशनले अन्य पदहरुमा भने निर्विरोध निर्वाचित गरेको छ। जसमध्य सचिवमा दिनेश केसी र चेत बहादुर थापा, सह–सचिवमा दिपक कुमार श्रेष्ठ र कुमार गुरुङ निर्वाचित भएका छन्।

सदस्यतर्फ प्रत्यक्ष वडा नं. १ बाट पदमराज अधिकारी, दिपेन्द्र अधिकारी र तुलसीमाया पन्त, वडा नं. २ बाट नारायण थापा बाँचे, झलक बहादुर थापा र शुसिला वि.क., वडा नं. ३ बाट गणेश कोईराला, देवी देवकोटा र गौरी कार्की, वडा नं. ४ बाट श्रीमान् थापा मगर, मिलन भुजेल र तारा गुरुङ, वडा नं. ५ बाट अमर राना मगर, दल बहादुर भुजेल र मिना गुरुङ वडा नं. ६ बाट बसन्त गुरुङ, मिन बहादुर गुरुङ र तिलमाया वि.क., निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी जनजाती तर्फ देवेन्द्र थापा, रविन श्रेष्ठ, परशुराम श्रेष्ठ र नेत्र गुरुङ, खस आर्यतर्फ रविन्द्र अधिकारी र सरस्वती अधिकारीका साथै दलिततर्फ अनु परियार छिदाल निर्विरोध निर्वाचित भएका छन्। 

images
प्रकाशित मिति :आश्विन ९, २०७८ शनिवार - १९:२५:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology