Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

नेपाली कांग्रेस इच्छाकामनाको महाधिवेशनमा सहमति हुन सकेन, निर्वाचनको तयारी हुदै

नेपाली कांग्रेस इच्छाकामनाको महाधिवेशनमा सहमति हुन सकेन, निर्वाचनको तयारी हुदै

सभापतिमा २ जना, उपसभापतिमा ७ जना, सचिवमा ६ जना र सहसचिवमा ४ जनाको उम्मेद्वारी दर्ता

images

इच्छाकामना न्युज

९, आश्विन २०७८
नेपाली कांग्रेस इच्छाकामनाको महाधिवेशनमा सहमति हुन सकेन, निर्वाचनको तयारी हुदै
images

मुग्लिन, ९ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत चितवनको इच्छाकामना गाउँपालिकामा निर्वाचनबाट पदाधिकारी निर्वाचित हुने भएको छ। एउटै पदमा ७ जनसम्मको उम्मेद्वारी परेको र सहमतिको भरमग्दुर प्रयास गर्दा पनि कोही पछि नहट्दा अन्तत निर्वाचनबाटै नेतृत्व टुङ्गो लाग्ने भएको हो। 

नेपाली कांग्रेस इच्छाकामनाको सभापतिमा कृति कुमार श्रेष्ठ र विष्णुकुमार कुँवरको उम्मेद्वारी परेको छ भने २ जना निर्वाचित गर्नुपर्ने उपसभापतिमा ७ जनाको उम्मेद्वारी परेको छ। प्राप्त जानकारी अनुसार उपसभापतिमा देवलाल गुरुङ, विकाश गुरुङ, गोकर्णाज त्रिपाठी, गनिराज प्रजा, खड्ग बहादुर थापा, दिपक खनाल र मनोज त्रिपाठीको उम्मेद्वारी परेको छ। 

यस्तै २ जना निर्वाचित हुने सचिवमा ६ जनाको उम्मेद्वारी परेको छ, जसमा तुल बहादुर गुरुङ, सन्जिव सिलवाल, शंकर प्रसाद सिलवाल, हिरा गुरुङ, श्याम बहादुर गुरुङ र सुरज छन्त्यालको उम्मेद्वारी परेको छ। २ जना निर्वाचित हुने सह–सचिवमा भने ४ जनाको उम्मेद्वारी परेको छ जसमा उत्तम कुमार गुरुङ, सुधिर अधिकारी, भाईकाजी के.सी. र लव पुरी रहेका छन्।

विभिन्न समूहबाट बढिमा ३२ जनासम्म निर्वाचित हुन सक्ने सदस्यहरुमा भने ३८ जनाको उम्मेद्वारी परेको छ। 
सभापति पदमा ३ जनाको उम्मेद्वारी परेकोमा अन्त्यमा दुई जनाले उम्मेद्वारले अम्गाईलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि निर्विरोध निर्वाचित भएको हो।

images
प्रकाशित मिति :आश्विन ९, २०७८ शनिवार - १८:०७:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology