Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

नेपाली कांग्रेस आँबुखैरेनीको सभापतिमा विष्णु पन्थ र प्रितम गुरुङ भिड्ने, कस्ले मार्ला बाजी ?

नेपाली कांग्रेस आँबुखैरेनीको सभापतिमा विष्णु पन्थ र प्रितम गुरुङ भिड्ने, कस्ले मार्ला बाजी ?

images

इच्छाकामना न्युज

९, आश्विन २०७८
नेपाली कांग्रेस आँबुखैरेनीको सभापतिमा विष्णु पन्थ र प्रितम गुरुङ भिड्ने, कस्ले मार्ला बाजी ?
images

आँबुखैरेनी, ९ असोज । नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत तनहुँमा आज पालिका स्तरीय अधिवेशन हुदैछ। जस अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिकाको पनि आजै अधिवेशन हुदैछ। 

नेपाली कांग्रेस आँबुखैरेनीको सभापतिमा धेरैजनाको आंकक्षा रहेपनि अन्तमा विष्णु पन्थ र प्रितम गुरुङ भिड्ने भएका छन्। सुरुवातमा वर्तमान सभापति एवं गाउँपालिका अध्यक्ष गिर बहादुर थापा सहित स्थानीय नेताहरु रत्नकुमार श्रेष्ठ, ऋषि के.सी., चिजा श्रेष्ठ, बाबुराम श्रेष्ठ, केशवनाथ खनाल लगायतकाहरुको नाम चर्चामा थियो।

सहमतिका लागि अधिकतम प्रयास हुदै गर्दा आज बिहानसम्मको अवस्था अनुसार सभापतिमा वर्तमान गाउँकमिटिका सचिव विष्णु पन्थ र कांग्रेसका पुराना पाका नेता प्रितम गुरुङ बिच प्रतिस्पर्धा हुने भएको नेपाली कांग्रेस निकट स्रोतले जानकारी दिएको छ। 

images
प्रकाशित मिति :आश्विन ९, २०७८ शनिवार - १०:०९:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology