Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

नेपाली कांग्रेस इच्छाकामनाको दुई पक्षबिच भिडन्त हुने पक्का

नेपाली कांग्रेस इच्छाकामनाको दुई पक्षबिच भिडन्त हुने पक्का

कुँवर र श्रेष्ठ मध्य को बन्ला सभापति ?

images

इच्छाकामना न्युज

९, आश्विन २०७८
नेपाली कांग्रेस इच्छाकामनाको दुई पक्षबिच भिडन्त हुने पक्का
images

मुग्लिन, ९ असोज । आज शनिबार नेपाली कांग्रेसले गाउँ तथा नगर अधिवेशन गर्दैछ। पार्टीको १४औँ महाधिवेशन अन्तगर्त दोस्रो आज चरणको अधिवेशन हुन लागेको हो।

गत भदौ १८ गतेबाट सुरू भएको महाधिवेशनको क्रममा वडा तहको नेतृत्वको चुनाव भैसकेको छ। आजदेखि सुरू हुने गाउँ तथा नगरअधिवेशनले पालिकाहरुमा नयाँ नेतृत्व चयन गर्नेछ। सातवटा स्थानीय तह रहेको चितवनमा पनि सबै पालिकामा आजै निर्वाचन सुरू हुने भएको छ।

निर्वाचन सुरु भएसँगै चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा कांग्रेस पालिका सभापति को बन्ने भन्नेमा दौड सुरु भएको छ। वडा अधिवेशन हुदाँ अधिंकाशमा सहमतिले टुङ्गयाएकोमा पालिका स्तरीय कमिटिमा भने निर्वाचन हुने भएको छ। नेपाली कांग्रेसका वर्तमान सभापति कृतिकुमार श्रेष्ठ र पूर्व पार्टी संयोजक विष्णुकुमार कुँवर बिच प्रतिस्पर्धा हुने पक्का भएको छ। 

इच्छाकामनामा दुई पक्षबिच भिडन्त हुने पक्का भएपछि दुवै पक्षले अहिले आ–आफ्नो पक्षमा भोट बटुल्न चुनावी प्रचारमा लागि परेका छन्। 

इच्छाकामनाको सन्दर्भमा हेर्दा दुवै पक्ष बिच कडा प्रतिस्पर्धा हुने देखिन्छ। दुवै पक्षले आफुले सभापति पद जित्नेमा ढुक्क रहेको बताउन थालेका छन्। 

यसैबिच लामो समयदेखि पार्टीका विभिन्न संगठनहरुमा काम गर्दै १३ औं महाधिवेशनबाट तात्कालिन दारेचोक गाविसको सभापतिमा निर्वाचित भएको र हाल इच्छाकामना गाउँपालिकाको सभापति समेत रहेर काम गरिरहेकोले कार्यकर्ताले आफ्नो काम गराई मन पराएकोले आफु पुनः सभापतिमा निर्वाचित हुनेमा ढुक्क रहेको वर्तमान सभापति एवं हालको सभापति पदका उम्मेद्वार कृतिकुमार श्रेष्ठले बताए। 
हालका सभापति समेतका रहेका श्रेष्ठ गाउँपालिकाका उपाध्यक्ष समेत हुन्।

यस्तै नेपाली कांग्रेस इच्छाकामना सभापति पदका अर्का उम्मेद्वार विष्णुकुमार कुँवरेले पनि आफुले निर्वाचनमा जित्नेमा ढुक्क रहेको बताए। इच्छाकामना न्युजसँग कुरा गर्दै लामो समयदेखि पार्टीमा रही इमान्दारिताका साथ निष्ठा र त्यागको राजनिति गरिएकोले कार्यकर्ताले आफुलाई सभापति पदमा जिताउने उनले बताए।

‘स्थानीय तहको निर्वाचनमा चितवनको सबै तह गुमाउदै गर्दा पनि आफु संयोजक रहेर अहोरात्र खटेर काम गरि इच्छाकामनाको अध्यक्ष उपाध्यक्ष लगायत ३ वटा वडामा पार्टीका उम्मेद्वारलाई जिताउन सफल भएको छु, यसले पनि म नेतृत्व गर्न सक्षम छु भन्ने प्रमाणित गर्दछ’ –उनले भने ‘यसैले पनि नेतृत्वदायी भूमिकामा रहेर पार्टीलाई सफल बनाउन सक्ने भएकोले कार्यकर्ताले मलाई सभापति पदमा जिताउनेमा म ढुक्क छु’ ।

 

images
प्रकाशित मिति :आश्विन ९, २०७८ शनिवार - ०८:२१:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology