Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एनएमबि बैंकद्वारा मनकामना क्षेत्र विकास समितिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

एनएमबि बैंकद्वारा मनकामना क्षेत्र विकास समितिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

इच्छाकामना न्युज

५, आश्विन २०७८
एनएमबि बैंकद्वारा मनकामना क्षेत्र विकास समितिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
images

मनकामना, ५ असोज । एनएमबि बैंक लिमिटेडले मनकामना क्षेत्र विकास समितिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। बैंकले मनकामना मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको निम्ति प्रयोग गर्न समितिलाई मंगलबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो। 

images
images

बैंकले समितिलाई हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीहरुमा ४५ प्याकेट माक्स र ३० लिटर सेनिटाइजर रहेको छ। उक्त सामाग्री बैंकका गण्डकी प्रदेश कार्यालयका सिनियर क्षेत्रीय प्रबन्धक सुमित राम बैध र सिनियर क्रेडिट रिक्स म्यानेजर सन्जिव खनालको आतिथ्यमा समितिका सदस्यद्वय सदस्य हरी श्रेष्ठ र पृथ बहादुर थापालाई हस्तान्तरण गरेको हो। 

बैंकले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्री मनकामना मन्दिरमा दर्शन गर्न आउनुहुने भक्तजनहरुको निम्ति माक्सको प्रयोग होस् भन्ने अभिप्रायले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको बैंक मनकामना शाखा प्रमुख सरोज श्रेष्ठले बताए। 

कोरोना कहरका कारण ४ महिनादेखि बन्द रहेको मनकामना मन्दिर भदौ २३ गतेबाट सर्वसाधारणका लागि पूजा गर्न खुला गरिएको थियो। मन्दिर खुलेता पनि जोखिम कायमै रहेको भन्दै शहिद लखन गाउँपालिकासँगको सहकार्यमा समितिले मन्दिर परिसरमै हेल्थ डेक्सको स्थापना गरेको छ। सोहि हेल्थ डेक्स मार्फत दर्शनार्थीहरुलाई उक्त स्वास्थ्य सामाग्री वितरण गर्ने समितिले जनाएको छ। 

images
प्रकाशित मिति :आश्विन ५, २०७८ मंगलवार - १८:४४:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology