Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखामा पशुमा लाग्ने लम्पिस्किनको संक्रमण बढ्दै

गोरखामा पशुमा लाग्ने लम्पिस्किनको संक्रमण बढ्दै

इच्छाकामना न्युज

२४, भाद्र २०७८
गोरखामा पशुमा लाग्ने लम्पिस्किनको संक्रमण बढ्दै
images

गोरखा, २४ भदौ । गोरखाका पशुहरुमा लम्पिस्किन रोगको संक्रमण बढेको छ । व्यवसायिक रुपमा गाई तथा भैँसी पालन गरिएका ठाउँलगायत विभिन्न गाउँहरुमा लम्पिस्किनको संक्रमण बढेको भेटेरीनरी अस्पताल तथा पशु विज्ञकेन्द्रका प्रमुख ऋषि सापकोटाले जानकारी दिए ।

images
images

अहिले पालुङ्टार नगरपालिका, भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकामा यो रोग फैलिएको छ ।

‘विशेषगरी पालुङ्टार नगरपालिका वडा नं. ७, वडा नं. ९ र वडा नं. १० मा यो रोगको संक्रमण फैलिएको छ’, सापकोटाले भने, ‘आरुघाट गाउँपालिका वडा नं. ८ र भीमसेन थापा गाउँपालिकामा पनि यो रोगको संक्रमण फैलिएको छ ।’ लक्षण सबै लम्पिस्किनसँग मिल्ने भएपनि नमूना परीक्षणको रिपोर्ट नआउञ्जेल किटान गरेर भन्न नमिल्ने उनले बताए ।

गतबर्ष तनहूँ र लम्जुङमा फैलिएको यो रोग बिगत १५ दिनदेखि गोरखामा फैलिएको हो ।

पालुङ्टारस्थित पशु स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद देवकोटाका अनुसार वडा नं. ७, ९ र १० मा २० वटा गाई, गोरु यस रोगबाट संक्रमित छन् । वडा नं. ७ मा भने विज्ञकेन्द्रका प्रमुख लगायतको टोली गएर नमूना संकलन गरेका थिए ।

त्यस्तै भीमसेनथापा गाउँपालिकाका पशु स्वास्थ्य शाखाका प्रमुख नारायण भट्टराईका अनुसार वडा नं. १ को मसेल, वडा नं. ६ को अश्राङ, वडा नं. ७ र ८ को बोर्लाङमा यो संक्रमण फैलिएको छ । करिब १३ वटा पशुचौपायामा लम्पिस्किन फैलिएको उनले बताए ।

त्यस्तै आरुघाट गाउँपालिका ८ आरुपोखरीमा पनि यो संक्रमण फैलिएको त्यहाँका पशु स्वास्थ्य शाखाका प्रमुख इन्द्रहरि खनालले जनाए ।
विशेषगरी लामखुट्टे, डाँफे, भुसुनाको टोकाइ तथा सुई लगाउँने सिरिञ्जका कारण यो रोग फैलने हुँदा स्वास्थ्य सरसफाइका उपाय अपनाउन आग्रह गरिएको विज्ञकेन्द्रका प्रमुख सापकोटाले जानकारी दिए ।

यो रोग लागेपछि पशुचौपायाको शरीरभरि गिर्खा, गाँठागुँठी आउने, गिर्खा तथा गाँठागुँठी पाक्ने, फुटेर पानी तथा पिप बग्ने हुन्छ । त्यस्तै नाभी तथा माल सुन्निने, दुब्लाउँदै जाने, ज्वारो आउने समस्या हुन्छ । सबैभन्दा ठूलो समस्या दुधालु गाई, भैँसीको दूध सुक्ने विज्ञकेन्द्र प्रमुख सापकोटाले जानकारी दिए ।

संक्रमण फैलिएका सबै ठाउँमा उपचारको काम तीब्र रुपमा गरिएको पालिकाका पशु स्वास्थ्य शाखाले जानकारी दिएका छन् ।दरौदी दैनिकबाट

images
प्रकाशित मिति :भाद्र २४, २०७८ बिहिवार - २१:५७:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology