Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लघु वित्त तथा वित्तीय संस्थाहरूले १५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने

लघु वित्त तथा वित्तीय संस्थाहरूले १५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने

सिआईएन

१८, भाद्र २०७८
लघु वित्त तथा वित्तीय संस्थाहरूले १५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने
images

काठमाण्डौ, १८ भदौ । नेपाल राष्ट्र बैँकले लघु वित्त तथा वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए तत्काल जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ । सीआईएनको सम्पर्कमा आएका जनकपुर, दोलखालगायत बिभिन्न जिल्लाका पीडितहरूले आफूहरूले लघु वित्त तथा वित्तीय संस्थाहरूलाई २४ प्रतिशतसम्म व्याज तिर्नुपरेको गुनासो गरेका थिए ।

images
images

पीडितहरूको समस्याका बारेमा सीआईएनसँग कुराकानी गर्दै राष्ट्र बैँकका प्रवक्ता देवकुमार ढकालले ‘घ’ वर्गका लघु वित्त÷वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जाको अधिकतम व्याजदर नै १५ प्रतिशत तोकिएकाले त्योभन्दा धेरै व्याज लिएको भए जानकारी गराउन अनुरोध गर्नुभयो ।

बजारमा ‘घ’वर्गका लघु वित्त÷वित्तीय संस्थाहरूले धेरै व्याज लिएको गुनासो आइरहेको र अनुगमनको काम पनि भइरहेको राष्ट्र बैँकले जनाएको छ । त्यसैका आधारमा अघिल्लो वर्ष ‘घ’ वर्गका लघु वित्त/वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा धेरै व्याज लिन नपाइने निर्णय गरिएको प्रवक्ता ढकालको भनाइ छ । 

images
प्रकाशित मिति :भाद्र १८, २०७८ शुक्रवार - ०९:५७:०३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology